
इलाम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) देउमाई नगरपालिकाको आयोजनामा एकता सन्देश सभा तथा प्रतिनिधिसभा सदस्य उम्मेद्वार भेटघाट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
नेकपा नेता हेमराज लिम्बूको अध्यक्षतामा मङ्गलबारेमा भएको सभामा नेकपा इलाम क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ) सहित नेताहरु बन्दना राई हर्कबहादुर लावती कान्छा, राम राई. उर्मिला राई, सोममाया राई (सिन्धु), कुमार बराइली, प्रकाश परियार, विक्रम लिम्बु, राम योङहाङलगायतको उपस्थिति रहेको थियो ।
सभालाई सम्बोधन गर्दै नेताहरु हर्कबहादुर लावती, कान्छा राम राई, विक्रम लिम्बू, कुमार बराईली, उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ) ले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनलाई एकताबद्ध बनाउँदै जनस्तरसम्म पार्टीको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रमकै अवसरमा आगामी निर्वाचनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उद्देश्यले पालिकास्तरीय तथा वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । पालिकास्तरमा कुमार बराइली (अनिल) संयोजक र हेमराज लिम्बू सहसंयोजक रहेको १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ ।
त्यस्तै प्रचारप्रसार समिति संयोजकमा सुमन राई, युवा विद्यार्थी परिचालन संयोजकमा चित्रबहादुर लिम्बू, पार्टी परिचालन समिति र निर्वाचन आयोग समन्वय संयोजकमा कुलप्रसाद पराजुली, सदस्यमा प्रेम राई र वेदप्रसाद भट्टराई चयन भएका छन् ।
त्यस्तै सबै वडामा ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । वडा नं. २ मा देउकुमा राई संयोजक, वडा नं. ३ मा ताराबाबु सुदेजी संयोजक र लमु शेर्पा सहसंयोजक, वडा नं. ४ मा कृष्ण विश्वकर्मा संयोजक, वडा नं. ५ मा दिपक राई संयोजक, वडा नं. ६ मा अनान राई संयोजक र तिलकसिंह साउदेन र भीम राउत सहसंयोजक, वडा नं. ७ मा रामबहादुर राई, वडा नं. ८ मा नवराज फुएल संयोजक र सञ्जिव राई सहसंयोजक, वडा नं. ९ मा घनश्याम आचार्य संयोजक र हस्ता लिम्बू सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन भएको छ ।
कार्यक्रमको सञ्चालन प्रेम राईले गरेका थिए ।





















































