
इलाम : इलामको माङसेबुङ गाउँपालिका–२ र ३ को सिमाना तामाखोला नजिकै मङ्रगलबार दिउँसो भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
गजुरमुखी धामको मेला बजार भर्न बिर्तामोडबाट आउँदै गरेको मे १ ज १३१६ नम्बरको पिकअप दुर्घटनामा परेको हो । सापट भाँचिएर पिकअप सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चार जना घाइते भएको र उनीहरुलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो । जसमध्ये पहिचान नखुलेका एक जना वृद्धको मृत्यू भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी ५० वर्षीय राम मण्डल, ३७ वर्षीय स१्जीव मण्डल र १५ वर्षीया सविना मुर्मु घाइते भएका छन् । उनीहरुको उपचार सुरु भएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिइ इलामका प्रहरी कार्यलय मङ्गलबारेमा बुझाएको इभाङ प्रहरी चौकीले जनाएको छ ।






















































