माओवादीसहित ८ कम्युनिष्ट घटकबीच पार्टी एकताको सहमति, चुनाव चिन्ह ‘तारा’

काठमाडौँ : आठ पार्टी मिलेर बुधबार घोषणा हुन लागेको नेकपा समाजवादीले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने भएको छ।

पार्टी एकता समझदारी पत्रमा आइतबार हस्ताक्षर गर्दै आठ दलले ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेका हुन् । बुधबार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेकपा, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको आठ दलको बैठकले पार्टी एकताको आधारभूत विषयमा हस्ताक्षर गरेका छन्।

जसमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने, क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सहमति गरेका छन्।

उनीहरुले बुधबार नै एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन मगायतका कार्यहरु गर्ने जनाएका छन्।

त्यस्तै केन्द्रीय समितिको गठन गर्दा एकता प्रक्रियामा सहभागी भएका पार्टीहरुका साविक केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने गर्ने, पार्टीको केन्द्रीय समिति भित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ।

पार्टीको चुनाव चिन्ह पाँचकुने तारा हुनेछ।

पार्टीका हरेक कमिटिमा संयोजक र सहसंयोजक केन्द्रीय हुने। एकता महाधिवेशनमा एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु, प्रायोजना, संगठनात्मक मरचनाको गठन सबै आपनी सहमति र समझदारीमा गरिनेछ बताइएको छ।

त्यस्तै कुनै पनि व्यक्ति दुई तहको संगठनमा रहनेछ। पार्टी सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी वेन्द्रियताको सिद्धान्तअनुरुप हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार