नेपालमा अविरल वर्षा, दिल्लीमा कृत्रिम वर्षा असफल — करोडौं खर्चिए पनि एक थोपा पानी परेन

 

इलाम: भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि गरिएको कृत्रिम वर्षा प्रयास असफल भएको छ। करिब पौने दुई करोड रुपैयाँ बराबरको खर्च गरे पनि एक थोपा पानी पनि नपरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दिल्ली सरकारले पछिल्ला दिनमा बढ्दो धुलो–धुवाँ र ‘स्मग’ नियन्त्रणका लागि कृत्रिम रूपमा वर्षा गराउने योजना बनाएको थियो। सो योजना अन्तर्गत विशेष विमानमार्फत बादलमा रासायनिक पदार्थ छर्केर वर्षा गराउने प्रयास गरिएको थियो। तर, मौसम अनुकूल नहुँदा र वायुमण्डलीय अवस्थाले साथ नदिँदा योजना सफल हुन सकेन।

वैज्ञानिकहरूका अनुसार कृत्रिम वर्षा सफल हुनका लागि हावाको दिशा, बादलको घनत्व र आर्द्रता पर्याप्त हुनुपर्छ। तर दिल्लीमा ती अवस्था पूरा नभएकाले वर्षा हुन नसकेको बताइएको छ।

यता, नेपालमा भने प्राकृतिक रूपमा लगातार वर्षा भईरहेको छ। विशेषगरी पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र झापामा मुसलधारे वर्षाले जनजीवन प्रभावित बनाएको छ। केही ठाउँमा बाढी र पहिरोको जोखिम समेत बढेको छ।

दिल्लीमा वर्षा गराउन करोडौं खर्चिएर पनि आकाश नरोएको बेला, नेपालमा भने निरन्तर वर्षा भइरहेको विडम्बनाले सामाजिक सञ्जालमा पनि चर्चा पाइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार