
इलाम : इलामको माङ्सेबुङ गाउँपालिका-३ स्थित चिबुवामा संचालित ‘प्रथम चिबुवा कप’ खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक चिबुवा युथ क्लबले रक्षा गरेको छ ।
सोमबार भएको फाइनल खेलमा दशमी युवा क्लबवाई टाइब्रेकरमा ३-२ गोल अन्तरको जित निकाल्दै आयोजक टिमले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै आयोजकले नगद ४० हजार ८२ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाए । उपविजेता दशमीले नगद २५ हजार ८२ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाए ।

विजेता र उपविजेता टिमलाई माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, ३ नम्बर वडा अध्यक्ष लक्षुमन राई ‘जनम’ प्रवक्ता सुसन राई, रास्वपा नेता मिलन लिम्बूलगायतले पुरस्कार हस्तान्तरण गरे ।
२०८२ को शुभदिपावलीको अवसरमा असोज ३० देखि संचालन गरेको प्रतियोगितामा इलाम र पाँचथरका २४ टिमको सहभागिता रहेको थियो ।























































