प्रथम फाकफोकथुम राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता कात्तिक ९ देखि ११ सम्म हुँदै

इलाम :  ‘प्रथम फाकफोकथुम खुला राष्ट्रिय रेटिङ्ग चेस प्रतियाेगिता’ इलामको फाकफोकथुम गाउँपालिकामा हुने भएको छ। आगामी कात्तिक ९ देखि ११ गतेसम्मगाउँपालिकाको सभाहलमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक फाकफोकथुम चेस एशोसिएसनले जनाएको छ ।

प्रतियोगिताफिडे इभेन्ट कोड ४४४३३१ अन्तर्गत सञ्चालन हुनेछ। नेपालभरका खेलाडीहरूका लागि खुला रहने यस प्रतियोगिता फिडेको आधिकारिक रेटिङ्ग प्रणालीमा सूचीकृत हुनेछन् ।

प्रतियोगितामा ९ राउन्ड हुनेछ । पहिलो राउन्डको पेयरिङ बाको एक्सेलेरेशन प्रणाली अन्तर्गत हुनेछ। प्रत्येक खेलका लागि ६० मिनेटको समय तोकिएको छ । पहिलो चालदेखि ३० सेकेन्डको इन्क्रिमेन्ट हुनेछ। खेल सुरु भएको ३० मिनेटभित्र उपस्थित नभए खेलाडीको खेल स्वतः रद्द हुने नियम रहेको छ।

आयोजका अनुसार प्रतियोगिताको दर्ता शुल्क स्थानीय तथा १६ वर्षमुनिका खेलाडी जिल्ला  भित्रका लागि १ हजार र अन्यका लागि एक हजार पाँच सय तोकिएको छ । कात्तिक  ८ गते साँझ ६ बजेसम्म दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताहरुलाई २ लाख ५ हजार ५ सय रुपैयाँ नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । पहिलो हुने खेलाडीले ३५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १९ हजार र पाँचौ हुनेले ७ हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै श्रेणीगत पुरस्कारतर्हफ अनरेटेड, एलो १६०० मुनि, एलो १८०० मुनि, भेटरन (S55), अण्डर–१६, महिला, अपाङ्ग, जनप्रतिनिधि, साथै हिल्स, इलाम र फाकफोकथुमका उत्कृष्ट  खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार