पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको सक्रिय भूमिका आवश्यक : वक्ताहरू (तस्बिरहरु)

  नयाँ बुलन्द
315 Shares

इलाम : पत्रकारिता क्षेत्रको सबलीकरणका लागि स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम आइतबार इलामको फाकफोकथुम गाउँपालिकामा सम्पन्न भएको छ ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले सुशासन, पारदर्शिता र विकासमा स्थानीय सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहेको भन्दै त्यसलाई सबल बनाउन स्थानीय तहहरूको सक्रिय र दिगो भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।

गाउँपालिकाको सभाहलमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले सूचना प्रवाह, सुशासन र स्थानीय विकासमा स्थानीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सबल बनाउन स्थानीय तहले नीतिगत र व्यवहारिक सहयोग पुर्‍याउनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा अध्यक्ष योङहाङले ‘पत्रकारिता क्षेत्रको सबलीकरणका लागि स्थानीय तहको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थानीय सञ्चारमाध्यमहरूको अवस्थाबारे तथ्य र अनुभवसहित जानकारी गराए । उनले भने, ‘सूचना प्रवाहको पहिलो कडी स्थानीय मिडिया हो। यिनको सबलीकरण बिना न स्थानीय सरकारको पारदर्शिता सम्भव छ, न लोकतान्त्रिक अभ्यास। स्थानीय तहले योजना, बजेट र नीतिमा मिडियालाई प्राथमिकतामा राख्नुपर्छ।’

कार्यपत्रमा स्थानीय सञ्चारमाध्यम (टेलिभिजन, एफएम रेडियो, छापा पत्रिका र अनलाइन पत्रिका) लाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने नीतिगत र कानुनी व्यवस्था गर्न, राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने सूचना/विज्ञापन स्थानीय विज्ञापन एजेन्सीमार्फत नै प्रकाशन गर्ने नीतिगत र कानुनी व्यवस्था मिलाउन, स्वलगानी एवम् स्वरोजगारमूलक स्थानीय सञ्चारमाध्यमको विकास र संरक्षणका लागि प्रवर्धनात्मक कार्यक्रमका लागि बजेट विनियोजन गर्नु श्रमजीवी पत्रकारहरुका लागि नियमित अभिमुखीकरण तथा क्षमता अभिवृद्धिका लागि तालिमका लागि बजेट विनियोजन गर्नु सुझाव राखेका छन् ।

साथै, श्रमजीवी पत्रकारहरुलाई प्रोत्साहनका लागि पत्रकारिता पुरस्कार स्थापना गरी पुरस्कृत गेर्ने व्यवस्था मिलाउनु, श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्ति (फेलोसिप) लगायत वैकल्पिक कार्यक्रममार्फत सहयोग गराउने व्यवस्था गर्नु र श्रमजीवी पत्रकार र पत्रकारको परिवारलाई विमा तथा निःशुल्क उपचार गर्ने व्यवस्था गर्नु, पत्रकारहरूसँग नियमित अन्तरक्रिया तथा साझेदारीको संस्कृति विकास गर्नुपर्ने माग राखेका छन्  ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी एवम् स्थानीय सञ्चारकर्मीहरुले आफ्नो विचार राख्दै पत्रकरिता क्षेत्र र स्थानीय सरकारबीच सहकार्यको सुदृढ आवश्यकता औंल्याएका छन् ।

कार्यक्रममा बोल्दै फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले स्थानीय सञ्चारमाध्यमहरूको सबलीकरणका लागि आफ्नो पालिकाले सकेसम्म सम्बोधन गरेर अघि बढ्ने बताए । ‘हामीले विगतदेखि नै पत्रकारिता क्षेत्रको सबलीकरणमा केही न केही काम गर्दै आएका छौं, यसलाई निन्तरता दिनछौं’ उनले भने ।

गाउँपालिका उपाध्यक्ष कल्पना राईले जिल्लाको कर्णालीको रुपमा रहेको फाकफोकथुम गाउँपालिकाको प्रचारप्रसारमा पत्रकारहरुको भूमिका उल्लेख्य रहेको बताइन् । उनले निश्वक्ष र तटस्थ पत्रकारितामा जोड दिदैँ पत्रकारिता क्षेत्रको सबलीकरणमा विशेष ध्यान जाने प्रतिवद्धता जनाइन् ।

प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले पत्रकारिता क्षेत्र अझ व्यावसायिक बन्नुपर्नेमा जोड दिए । उनले पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउन पालिकाले सधैं सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बुद्धमाया सोङ्मी, महासंघ पाँचथर सहसचिव रमेश थापा, फोनिज केन्दरीय सदस्य अतित योङहाङ, १ नं.  वडा अध्यक्षहरु कर्णबहादुर लिम्बू, ३ नम्बर वडा अध्यक्ष दिपेन्द्र सुब्बा, प्रेस सेन्टर नेपाल इलाम अध्यक्ष नमिन ढकाललगायतले  पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तह जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको नवौं वार्षिक उत्सवको अवसरमा बुलन्द मल्टिटेक्निकल मिडियाले कार्यक्रम आयोजना गरेको हो । माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकासँगको सहकार्यमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले जिल्लामा पहिलोपटक सो विषयमा अन्तरसंवाद कार्यक्रम संचालन गरेको हो ।

नेपाल पत्रकार महासंघले गर्न नसकेको कार्यक्रम स्वरोजगारमूलक एक मिडिया हाउसले सम्बन्धित पालिकामा नै गएर कार्यक्रम गरेको हो । स्थानीय मिडियाको प्रवर्द्धनका बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले अन्य क्षेत्रमा समेत सो कार्यक्रम आयोजना गर्ने अध्यक्ष योङहाङले बताए

तस्बिरहरु :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार