विश्व वातावरण दिवसको अवसरमा माईजोगमाईमा वृक्षारोपण

इलाम : विश्व वातावरण दिवस २०२५ को अवसरमा बिहीबार इलामको माईजोगमाई गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

युवा सशक्तीकरण संजाल माईजोगमाई र दुर्गा मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा गणेश पार्क र दुर्गा मन्दिर क्षेत्र वरिपरि विभिन्न जातका दुई सय विरुवा रोपिएको हो ।

वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्नुका साथै युवालाई वातावरणप्रति जिम्मेवार बनाउने उद्देश्यले वृक्षारोपण गरिएको संजालका अध्यक्ष डम्बरबहादुर लिम्बू चेम्जोङले बताए ।

माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेसहित स्थानीय समुदाय, युवा स्वयंसेवक तथा समितिका पदाधिकारीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमले वातावरण संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको आयोजकले बताएका छन् ।

तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार