किरात याक्थुङ चुम्लुङ माङसेबुङ अध्यक्षमा मनरस लिम्बू

  नयाँ बुलन्द
399 Shares

इलाम : किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँपालिका अध्यक्षमा मनरस लिम्बू (विपन) निर्वाचित भएका छन् ।

मङ्गलबार माङसेबुङ गाउँपालिका १ नाङरुङमा भएको चुम्लुङको दोस्रो गाउँ अधिवेशनबाट मनरस अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले मनरसको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

उपाध्यक्षमा रुपा आङदेम्बे, सचिवमा अमीस योङहाङ, सहसचिवमा जयप्रकाश योङहाङ र कोषाध्यक्षमा नन्दकुमार शेर्मा निर्वाचित भएका छन् । सदस्यहरुहरु रत्ना लावती, शंकर योङहाङ, डिलीराम इधिङ्गो र ललितचन्द्र फियाक निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमिति पदाधिकारी र सदस्यहरुलाई जिल्ला सचिव एवम् निर्वाचन समिति संयोजक राम योङहाङले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

किरात याक्थुङ चुम्लुङ माङसेबुङका निवर्तमान अध्यक्ष कमला आङदेम्बेको अध्यक्षता र जिल्ला सचिव राम योङहाङको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, चुलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, माङसेबुङ गाउँपालिका १ का वडाअध्यक्ष भूपाल योङहाङलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत उपाध्यक्ष रुपा आङदेम्बे र सञ्चालन निवर्तमान सचिव राजेन्द्र नेम्बाङले गरेका थिए ।

बन्दसत्रमा निवर्तमान सचिव नेम्बाङले साँगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार