यो वर्ष तेस्रो धेरै ‘विदेशी पर्यटक आए, नेपालमा

  निनाम लोवात्ती
56 Shares

अध्यागमन विभागद्धारा सार्वजनिक गरिएको तथ्यांकअनुसार सन् २०२४ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार पुगेको छ । तथापि ३१ डिसेम्बर (हिजो राति) सम्मको तथ्यांकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने ((नेपाल भित्रने) विदेशी पर्यटकहरुको संख्या लगभग ११ लाख ४८–४९ हजार पुग्ने अनमान गर्न सकिन्छ । हुन पनि सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५३३ जना विदेशी पर्यटक नेपालको भ्रमण गर्न आएका थिए । जे होस्, सन् २०२४ को अन्तिम महिना अर्थात् डिसेम्बर महिनको ३१ तरिख बिहानसम्ममा ९५ हजार चानचुन विदेशी वपर्यटकहरुले नेपाल भ्रमण गरिसकेका छन् भने, सन् २०२४ को नोभेम्बर महिनामा एक लाख १४ हजार ५०१ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । यो लेखमा सन् २०२४ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरुको मासिक तथ्यांक उल्लेख गरिएको छ ।

१, जनवरी महिनामा ७९ हजार १०० जना । २, फेब्रुअरी महिनामा ९४ हजार ४२६ जना । ३, मार्चमा १ लाख २८ हजार १६७ जना । ४, अप्रिल महिनामा एक लाख ११ हजार ३७६ जना । ५, मे महिनामा ९० हजार २११ जना । ६, जुन महिनामा ७६ हजार ७३६ जना । ७, जुलाई महिनामा ६४ हजार ५९९ जना । ८, अगस्ट महिनामा ७२ हजार ७१९ जना । ९, सेप्टेम्बर महिनामा ९६ हजार ३०५ जना । १०, अक्टोबर महिनामा एक लाख २४ हजार ३९३ जना । ११, नोभेम्बर महिनामा एक लाख १४ हजार ५०१ जना । १२, डिसेम्बर महिनामा ९५ (लगभग ९५ !) हजार । यसरी तथ्यांक हेर्दाखेरि सन् २०२४ डिसेम्बर ३१ को बिहानसम्मम नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ पुगेको छ । यो भनेको सन् २०१९ पछिको सबैभन्दा तेस्रो सबैभन्दा धेरै विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्न आएको हो भन्ने बुझ्‌नुपर्ने हुन्छ, हामीले । किनभने, हालसम्म नेपालमा विदेशी पर्यटकहरु धेरै आएको भनेको सन् २०१९ मा हो । स्मरण रहोस्, सो वर्ष ११ लाख ९७ हजार ९१ ज्ना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । भने सन् २०१८ मा चाहिँ ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्न आएका थिए । यो हाम्रा लागि खुसी र उत्साह जनक कुरो हो ।

हुनत नेपालमा विसं २००७ साल (सन् १९४९–१९५०) मा राणा शासनका विरुद्ध आन्दोलन भएर राजनैतिक परिवर्तन भएपछि मात्रै नेपालमा नयाँ खालको राजनीतिक व्यवस्था सुरु भयो । त्यसरी आएको राजनैतिक परिवर्तनपछि बनेको तत्कालीन नेपाल सरकार (पछि श्री ५ को सरकार भन्न थालियो) ले चाहिँ नेपालकै मधेसी मुलका नागरिकहरु र विश्वका जुनसुकै देशका विदेशी नागरिकलाई पनि नेपाल आऊजाऊ गर्नका लागि खुला गर्यो । त्यसरी हेर्दा विश्वका अन्य देश हेरिकन हाम्रो देशमा धेरै ढीला मात्रै विदेशी पर्यटकलाई कानुनी रुपमा प्रवेश गर्न दिईएको हो । किनभने, विसं २००७–००८ साल (सन् १९४९– ०५०) तत्कालीन श्री ३ महाराजहरुले आफू अनुकूल रहेका अथवा आफूले चाहेका केही देशका कूटनीतिज्ञहरु र केही देशका राजा–महाराजाहरुलाई मात्रै नेपाल प्रवेश गर्न दिन्थे । खासगरिकन राजा महाराजाहरुको कुरो गर्दाखेरि ऊ वेला ‘कहिल्यै सूर्यस्त नहुने देशल !’ भनी चिनिएको बेलायत अधिराज्यका राजा–महाराजाहरुलाई मात्रै नेपाल प्रवेश गर्न दिन्थे । त्यसो त अहिलेको जस्तो सूचना, सञ्चार र प्रविधिले अति छिटो फड्को मारिरहेको जमानामा कुनै पनि देशको पर्यटन आगमनमा सकारात्मक ढंगले वृद्धि हुन र पर्यटन प्रवद्र्घन गर्नका लागि सहयोग पुग्न सूचना, सञ्चार र प्रविधिको भूमिका कस्तो रहन्छ, हुन्छ ? भन्ने सम्बन्धमा केही लेख्ने प्रयास गरिएको छ । त्यसरी हेर्दाखेरि सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको वर्तमान समयमा जुन देशको सरकार र पर्यटन व्यवसायीले आप्‌mनो देशका पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशले बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन सक्छन् भन्ने देखिन्छ । जुनसुकै देशको सरकार र पर्यटन व्यवसायीले पनि आप्‌mनो देशका पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशमा विदेशी पर्यटकहरुको आगमनमा विविधता पनि आउन सक्ने देखिन्छ । के भनिन्छ भनेदेखि आभोलि सूचना, सञ्चार र प्रविधि विकासले गर्दा विश्व नै एक गाउँ (ग्लोबल भिलेज) भई सकेको छ । त्यसैले अब हामी नेपालीले पनि पछिल्लो पटक विकसित भएको सूचना, सञ्चार र प्रविधिको विकासलाई सही सदुपयोग गरेर धेरैभन्दा धेरै देशका पर्यटकहरुलाई धेरै भन्दा धेरै संख्यामा नेपाल भ्रमण गराउनका लागि लागी पर्नुपर्ने देखिन्छ । यसका लागि नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड (एनटीबी) र निजी क्षेत्रका पर्यटन व्यवसायीहरु जस्तै होटल एसोसिएन अफ नेपाल (हान), नेपाल ट्राभल एन्ड टुर एसोसिएसन (नाट्टा), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए), हिमालयन रेस्क्यु एजेन्सी (एचआरए), एयरलाईन अपरेटर्स एसोसिएसन अफ नेपाल (एओन), टे्रकिङ एजेन्ट एजेन्सी अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ र्याप्‌िmटङ एजेन्ट (नारा), रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) लगायत निजी क्षेत्रका पर्यटन व्यवसायसँग आवद्ध संघ–संस्थाहरुले पहल गर्नुपर्ने देखिन्छ ।

नेपालक पर्यटन प्रवद्र्धन गर्नका लागि नेकपालको सामान्य परिचय र चिनारीसहितको प्रोफाईल बनाएर वेब पोर्टल–वेबसाईटमा राख्न सकेदेखि निश्चय नै नेपालमा वार्षिक रुपमा २८–३० लाखदेखि ३५–४०–४५ लाखसम्म विदेशी पर्यटको संख्या भित्र्याउनका लागि कुनै आईतबार कुर्नु पर्दैन कि ? त्यसो गर्न सकेमा हाम्रो जस्तो ‘मास बेस टुरिस्ट’ चाहिने देश अनि संख्यालाई महत्व दिनेहरुका लागि पनि मुखमा बुजो लाग्ने थियो कि त ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार