इलाम : इलामको सन्दकपुर गाउँपालिका-२ टारीमा आयोजित केलाङ (च्याब्रुङ नाच) प्रतियोगितामा याक्थुङ युवा मञ्च इलामले प्रथम स्थान हासिल गरेको छ ।
माघे सक्रान्तिको अवसरमा टारी फुटबल क्लबले टारी गोल्डकप तथा पर्यटन महोत्सवसँगै आयोजना गरेको केलाङ प्रतियोगितामा मञ्च प्रथम स्थान हासिल गरेको हो ।
प्रथम स्थान हासिल गरेको याक्थुङ युवा मञ्चलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य खिनु लङ्वा, आयोजक अध्यक्ष महिन्द्र साउदेन, सचिव रुपेन नेम्बाङलगायतले पुरस्कार हस्तान्तर गरे ।
याक्थुङ युवा मञ्चले अन्यत्र क्षेत्रमा हुने प्रतियोगिताहरुमा समेत सहभागिता जनाउने अध्यक्ष युवराज योङहाङले बताए ।
याक्थुङ युवा मञ्चले गत महिनामात्र १५ दिनको निशुल्क च्याब्रुङ नाच प्रशिक्षण सञ्चालन गरेको थियो ।