इलाम : आधारभूत पत्रकारिता सम्बन्धी दिने दिवसीय तालिम इलाममा बिहीबार सुरु भएको छ ।
प्रेस सेन्टर नेपाल इलामको आयोजना र अखिल क्रान्तिकारी महेन्द्ररत्न बहुमुखी क्याम्पसको व्यवस्थापनमा तालिम सुरु भएको हो ।
पत्रकारिता क्षेत्रमा युवाहरुलाई आकर्षण गर्ने उदेश्यले महेन्द्ररत्न बहुमुखी क्याम्पस हलमा तालिम सुरु गरिएको प्रेस सेन्टर इलाम अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।
तालिममा ४० जना युवाहरुको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई प्रेस सेन्टरका केन्द्रीय सदस्य राष्ट्रिय समाचार समिति (रासस) इलाम संवाददाता एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ र प्रेस सेन्टरका प्रदेश महासचिव नेपाल टेलिभिजन इलाम संवाददाता एवम् लोकल सन्देश डटकमका प्रधान सम्पादक सुजन तिम्सिनाले सहजीकरण गरिरहेका छन् ।