किरात धर्मावलम्बीहरुको माङहिम उद्घाटन

इलामको सन्दकपुर गाउँपालिका-४ माबुमा निर्मा गरिएको किरात धर्मावलम्बीहरुको माङ्हिम (मन्दिर) । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीको अवसरमा आइतबार किरात धर्मगुरु आत्मानन्द लिङदेनले माङहिम उद्घाटन गरेका छन् । तस्बिर : नयाँ बुलन्द

इलाम : इलामको सन्दकपुर गाउँपालिका-४ माबुमा निर्माण गरिएको किरात धर्मावलम्बीहरुको माङहिम (मन्दिर) उद्घाटन गरिएको छ ।

राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्तीको अवसरमा आज (आइतबार) माबुमा आयोजित कार्यक्रममा माङहिम उद्घाटन गरिएको हो । माङहिमको किरात धर्मगुरु आत्मानन्द लिङदेनले उद्घाटन गरेका हुन् ।

सन्दकपुर गाउँपालिकाको १८ लाखसहित स्थानीय भक्तजनहरुको एक करोड बढीको लागतमा माङहिम निर्माण गरिएको निर्माण समिति सचिव बिबीहाङ साउदेनले जानकारी दिनुभयो ।

यसैबिच सोही ठाउँमा निर्माण गरिएको समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्दको पूर्ण कदको सालिक समेत अनावरण गरिएको छ । धर्मगुरु लिङदेनले सालिक अनावरण गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार