पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पाैवामा जारी स्व. राजभक्त नेम्वाङ स्मृति खुल्ला पुरूष फुटबलकाे क्वाटरफाइनल समीकरण पूरा भएकाे छ । आयाेजक सुनाखरी युथ क्लब, फाइभ स्टार एफसी र डिएफसी चमाैताले जित निकालेसंगै क्वाटरफाइनल भिड्ने टिम पक्का भएकाे हाे ।
पहिलाे क्वाटरफाइनल खेलमा नागवेली एफसीले लुङमाहिम एफसीकाे सामना गर्दैछ । दाेश्राे क्वाटरफाइनल खेलमा गुम्बाडाँडा एफसी र टु स्टार एफसी, तेश्राे क्वाटरफाइनल खेलमा मुलुहाङ एफसी र फाइभ स्टार एफसी तथा अन्तिम क्वाटरफाइनलमा सुनाखरी र डिएफसी भिड्दैछन् ।
क्वाटरफाइनलका ४ वटै खेल भाेली (कार्तिक १२) गते सम्पन्न हुनेछ । स्व अमर कुमार नेम्वाङ स्मृती रंगशालमा गत कार्तिक ९ गतेबाट जारी प्रतियोगिताकाे छैटाै क्वाटरफाइनल खेलमा सुनाखरीले फाक्तेप एफसीमाथि १-० गाेल अन्तरकाे जित निकालेकाे छ ।
सुनाखरीकाे जितमा अविशेक लावतीले निर्णायक गाेल गरे । साताै प्रि-क्वाटरफाइनलमा चाेकमागु एफसी अनुपस्थित भएपछि फाइभ स्टार एफसीले वाकओभर पाउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेकाे छ ।
अन्तिम प्रि-क्वाटरफाइनलमा चमैताले नेम्वाङ केलाङ एफसी माथि १-० गाेल अन्तरकाे जित निकालेकाे छ । चमैताकाे जितमा पाल्देन तामाङले निर्णायक गाेल गरे । इलाम र पाँचथरका १६ टिम सहभागी प्रतियोगिताकाे बिजेताले १ लाख र उपविजेताले ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गाेलकर्ता र सर्वाेत्कृष्ट गाेलरक्षकलाई ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता खेल संयाेजक उपेन्द्र नेम्वाङले जानकारी दिए । सुनाखरी युथ क्लबले विजया दशमी तथा शुभ दिपावलीकाे अवसरमा संचालन गरेकाे प्रतियोगिता कार्तिक १४ गते सम्पन्न हुने छ ।