इलाम : पति–पत्नीको सम्बन्ध यस्तो हुन्छ जसमा कुनै तेश्रो मानिसका लागि ठाउँ हुँदैन । यो सम्बन्ध विश्वास तथा एक अर्काको सम्मानँग जोडिएको हुन्छ ।
तर पछिल्लो समयमा पति–पत्नी बीचको सम्बन्धलाई लिएर दृष्टिकोण बदलिन थालेको छ । कतिपय महिलाहरुले आफ्नो पतिसँगको सम्बन्ध जोगाउनका लागि यस्ता कामहरु पनि गर्न थालेका छन्, जुन कल्पना गर्न पनि गाह्रो हुन्छ । अष्ट्रेलियाकी एक यौनकर्मी महिलाले यसको खुलासा गरेकी छन् ।
२८ वर्षकी ती युवतीका अनुसार उनलाई यस्ता धेरै पत्नी तथा महिलाहरुको फोन आउने गर्दछ जसले आफ्नै पतिका लागि उनको सेवा बुक गर्दछन् । पछिल्लो समयमा यस्ता फोन आउने क्रममा निकै बढोत्तरी भएको उनको भनाइ छ ।
कतिपय महिलाहरुले घरमा विशेष समारोहका आयोजना गर्दा पनि सुसारे तथा सहयोगी महिलाको रुपमा यस्तो सेवाको बुकिङ गर्ने गरेको उनको भनाइ छ । यस्ता महिलाबाट घरायसी कामका साथै आफ्नो पतिसँग रोमान्स गराउने उद्देश्य पनि रहेको हुन्छ ।
यद्यपि कतिपय महिलाहरुले भने आफ्नो पतिको चरित्र जाँच गर्नका लागि समेत यस्ता महिलाहरुलाई पतिसँग पठाउने गरेको उनको अनुभव छ । उनका अनुसार विवाहेत्तर सम्बन्ध रहेका आफ्ना लोग्नेहरुलाई त्यस्तो सम्बन्ध छुटाउनका लागि समेत सुसारे महिला राखिदिने गरेका छन् कतिपय महिलाहरुले ।
–एजेन्सी