टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजकद्वारा रक्षा

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा आयोजित टोलस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक सयपत्री टोल विकास संअथाले रक्षा गरेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा मनिपुर टोल विकास संस्थालाई २-१ गोलको अन्तरमा पराजित गर्दै आयोजल सयपत्रीले उपाधि रक्षा गरेको हो ।

जितसँगै आयोजक सयपत्रीले नगद १० हजार र ट्रफी रक्षा गर्यो । उपविजेता बनेको मनिपुरले नगद पाँच हजारसहित ट्रफी प्राप्त गर्यो ।

त्यसैगरी विधागततर्फ उत्कृष्ट डिफेन्डर विजेता ‘सयत्रीका सुजन राई, उत्कृष्ट गोल किपर सुभन राई  र उदयीमान खेलाडी सयपत्रीकै हनक राई घोषित भए । उत्कृष्ट खेलाडी उपविजेता मनिपुरका विवेकहाङ लिम्बू र सर्वाधिक गोलकर्ता आसाङहाङ लिम्बू घोषित भए । 

त्यसैगरी महिलातर्फको प्रतियोगिताको उपाधि इभाङले हात पारेको छ । शुक्रबार नै भएको फाइनलमा बाँझोलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै इभाङले उपाधि जितेको हो । जितसँगै इभाङले नगद तीन हजारसहित ट्रफि प्राप्तय गर्यो भने उपविजेता बाँझोले नगद  हजार सहित ट्रफिमेडल  प्रमाणपत्र प्राप्त गरे 

प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई माङसेबुङ गाउँपालिका ३ नम्बर वडा अध्यक्ष लक्षुमन राई जनम, वडा सदस्यहरु देउमान साम्बा, सुर्यकुमार राईलगायतले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

आयोजक समितिकी अध्यक्ष लिलाकुमारी सुनुवारको अध्यक्षता र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष विनोद नेम्बाङसहित समाजसेवीहरुको उपस्थिति थियो ।

माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा सयपत्री टोल विकास संस्थाको आयोजनामा असोज २१ गतेदेखि संचालित प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता जिवनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार