माङसेबुङ-१, गैरीगाउँ र आयोजक सुनुयुमा विजयी

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ पावामा जारी माङसेबुङ क्लबस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार तीन खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा बोझोला इन्द्रेणी एफसी माङसेबुङ-२ पावालाई १-० गोल अन्तरमा पराजित गर्दै युवा तथा खेलकुद समिति माङसेबुङ-१ अघिल्लो चरण प्रवेश गरेको छ । राज लिम्बूले खेलको ११ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

दोस्रो खेलमा आदर्श एफसी माङसेबुङ-२ विरुद्ध १-० को कठिन जित निकाल्दै गैरीगाउँ एफसी माङसेबुङ-२ अघिल्लो चरण प्रवेश गर्यो । खेलको ४४ औं मिनेटमा भिसन राईले गरेको गोल नै निर्णायक बनेको थियो ।

तेस्रो खेलमा रेडस्टार क्लब माङसेबुङ-२ लाई २-० गोलको अन्तरमा हराउँदै आयोजक सुनुयुमा विकास सस्था बिजयी बन्यो । जितका लागि आयोजकलाई खेलको २८ औं मिनेटमा विकल राई र ३७ औं मिनेटमा अग्नि लिम्बूले एक/एक गोलको योगदान गरे  ।

सुनुयुमा विकास संस्थाको आयोजनामा जारी प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफि पाउनेछन् ।

स्थानीय पावा खेलमैदानमा पजारी प्रतियोगिताको फाइनल असोज ३० गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार