दोहा कतार : २० सेप्टेम्बर २०२४ मा सम्पन्न भएको कोशी प्रदेश समन्वय समिति कतारको तेस्रो अधिवेसनले नँया कार्यसमिति बनाउन सकेन । अधिवेसनको बन्दसत्र पदाधिकारी निर्वाचित नगरी व्यापक आलोचना खेप्दै, अन्यौलता, अस्पष्टता र विना सहमति सकियो ।
अध्यक्षमा दावेदारी गरिरहेका ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका दुर्गा प्याकुरेल, भोजपुर सेवा समाज कतारका गोपाल बस्नेत र धनकुटा सेवा समाज कतारका पदम घिमिरे सहमति हुन नसकेको कारण अधिवेसनले पदाधिकारी निर्वाचित गर्न असफल भई विना सहमति अधिवेसन टुगियो ।
सहमति गरेर उमेदवारी फिर्तालिन निर्वाचन समितिले दिएको अन्तिम समयसम्म पनि अध्यक्षका तिनैजना प्रत्यासीहरुले आआफनो उमेदवारी फिर्ता गरेनन् ।
तिनैजना आफनो उमेदवारीमा टसमस नभएपछि र सहमतिको प्रयासहरु पनि विफल भएपछि सहमतिको विकल्पहरु रोकिएको बताइएको छ ।
त्यस्तै ईलाम सेवा समाज कतारले शुरुदेखि नै द्दडताका साथ प्रथम उपाध्यक्ष दावी गर्दै आएको थियो । बन्दसत्रमा खोटाङ सेवा समाजले पनि यही पद दावी गरेपछि प्रथम उपाध्यक्षको लागि शुरुदेखि नै दावी गरिरहेको ईलामले आफनो चटटानी अडान नछोडने र खोटाङ सेवा समाजले पनि उमेदवारी दिएपछि यो पदमा पनि सहमतिको विकल्पहरु रोकिएको बताइएको छ ।
पाँचथर सेवा समाजले भने संस्थाभित्र नै एकता छैन, कार्यसमिति भित्र नै फुट र गुट छ भन्ने नकारात्मक सन्देश दिदै तृतीय उपाध्यक्षका लागी दुईजनाले उमेदवारी दिएका थिए र उनीहरुले उमेदवारी फिर्तापनि गरेनन् । पाँचथर सेवा समाजका अध्यक्ष लिला राई र निवर्तमान महासचिव दयासागर अधिकारी दुवैजनाले एउटै पदका लागी एउटै संस्थाबाट उमेदवार बनेका थिए । संस्थाको प्रावधान अनुसार एकजना पदाधिकारी र एकजना कार्यसमिति सदस्य रहन सक्दछ ।
एकमात्र उमेदवारी परेका संखुवासभा समाज कतारका पदम सिंखडा महासचिव र तेहथुम सेवा समाज कतारका महेन्द्र उप्रेती कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।
दुईजना सचिव पदमध्ये एकजना मात्र सचिवको उमेदवार परेकाले एकजना सचिव निर्विरोध निर्वाचित भए भने एकजना सचिवको लागि कुनै जिल्लाबाट उमेदवारी परेन । जिल्लाहरुले सहकोषाध्यक्ष पदमा पनि खास रुची देखाएनन् र कुनै जिल्लाबाट पनि उमेदवार नपरेकोले रिक्त नै रहेको छ ।
कोशी प्रदेश समन्वय समितिमा रहेका परिषद सदस्यहरुलाई जिल्ल पार्दै आधारातसम्म कुराएर पनि कार्यसमिति निर्वाचन गर्न नसक्नुमा कतारमा रहेका केही राजनितिक संगठनहरुले कोशी प्रदेश समन्वय समितिलाई एनआरएनए एनसीसी पछिको राजनैतिक भकुण्डो खेल्न सानो फुटसल बनाउन खोजेको आरोप लगाउदै यस्ता तत्वहरुलाई ढिलोचाडो परिषद सदस्यहरुले वहिष्कार गर्दै गम्भीर सवक सिकाउनुपर्ने जरुरी भएको बताउदै विहानै डयुटीमा जान हतारिएका एकजना परिषद सदस्यले हलभित्र गुनासो पोखे ।
रातीको ११ बजेसम्म पनि कार्यसमितिको टुंगो नलागेपछि, उमेदवारहरुले उमेदवारी फिर्ता नलिएपछि र सहमति नभएपछि के गर्ने भनेर द्धिविधामा परेका निर्वाचन समितिले उमेदवारहरुका विचमा सहमति गरेर समझदारीबाट नै सर्वसम्मत् पदाधिकारीहरु निर्विरोध निर्वाचित गराउने प्रयास भएपनि चुनाव नै गर्ने प्रक्रियामा भने निर्वाचन समिति जान नसक्ने निर्वाचन समितिका संयोजक तेज कटुवालले बताए ।
कोशी प्रदेश समन्वय समितिमा रहेका परिषद सदस्यहरुलाई जिल्ल पार्दै आधारातसम्म कुराएर पनि कार्यसमिति निर्वाचन गर्न नसक्नुमा कतारमा रहेका केही राजनितिक संगठनहरुले कोशी प्रदेश समन्वय समितिलाई एनआरएनए एनसीसी पछिको राजनैतिक भकुण्डो खेल्न सानो फुटसल बनाउन खोजेको आरोप लगाउदै यस्ता तत्वहरुलाई ढिलोचाडो परिषद सदस्यहरुले वहिष्कार गर्दै गम्भीर सवक सिकाउनुपर्ने जरुरी भएको बताउदै विहानै डयुटीमा जान हतारिएका एकजना परिषद सदस्यले हलभित्र गुनासो पोखे ।
जिल्ला संस्थाहरुको कारण कोशी प्रदेश समन्वय समितिको स्थापना भएको हो तर यो समन्वय समितिले जिल्ला संस्था जन्माएको होइन। त्यसकारण जसरी जिल्ला संस्थाहरुमा राजनितिक तगडमबाजी हुदैन त्यसरी नै यो जिल्ला सस्थाहरुको साझा प्लेटफम भनिएको समन्वय समितिमा पनि राजनितिक तडमबाजी हुनुभएन ।
यदी कोशी प्रदेश समन्वय समितिमा राजनितिक संगठनहरुको तिगडमबाजी, वहानावाजी र हस्तक्षेप हुने होभने केही जिल्ला संस्थाहरु कोशी प्रदेश समन्वय समितिमै बसीरहन जरुरी पनि नपर्ने केही जिल्ला संस्था परिषद सदस्यहरुको भनाई थियो । यहाँ पदको लागि मरिहत्ते गर्ने प्रवृति र नछोड नछोड भन्ने उक्साहट पर्दापछाडीबाट राजनितिक संगठनहरुकै रहेकोले सहमति हुन नसकिरहेको आफुहरुले स्पष्ट बुझेको पनि बताए ।
२०२४–२६ कार्यकालको लागी कोशी प्रदेश समन्वय समिति कतारले नयाँ कार्यसमिति बनाउन नसकेपछि अव कहिल्यै? कसरी? र को?को? पदाधिकारीहरु सहमतिमा आउने र कार्यसमिति बनाउने भन्ने प्रश्न कोशी प्रदेश भित्रका जिल्ला संस्थाहरुमा उठीरहेको छ ।