कांग्रेसी नेताहरुः किन विपीको बर्खिलाप र ‘झेली कुरो गरिरा ?’

  निनाम लोवात्ती
21 Shares

विश्वेश्वरप्रसाद (विपी) कोइराला नेपालका विभिन्न राजनीतिक दलका नेताहरुमध्ये एक गन्यमान्य नेतामा पर्नु हुन्छ । मेरो यो भनाइ र लेखाइमा सायदै कसैको विमति रहला ?! वास्तवमा बीपी कोइराला नेपालका थोरै राजनेतामा पर्नु हुन्छ । यो लेखमा चाहिँ उहाँ (बीपी) ले नेपालका सन्दर्भमा हिन्दु धर्मका बारेमा भन्नु भएको एक प्रसंगलाई जोड्दै यो लेख सुरु गर्छु ।

पछिल्लो पटक नेपालको राजनीतिमा घरिघरि हिन्दु धर्मले निक्कै स्थान पाई रहेको छ । त्यसैले गर्दा हिन्दु धर्मका अनुयायी, विभिन्न राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ता एवम् बुद्धिजीवीहरुका बिचमा पनि नेपाल हिन्दु धर्म साक्षेप हुनुपर्ने कि, हिन्दु धर्म निरपेक्ष हुनुपर्ने ? भन्ने सम्बन्धमा अनेक कोणबाट बहस र छलफलहरु भई रहेको छ । र, अनन्त कालसम्म यो विषयमा बहस र छलफल भई नै रहने छ । अरुको त के कुरो गराई भयो र ? स्वयम् बीपी कोइरालाको पार्टीमा रहेका मध्यमस्तरका नेताहरु समेत नेपाललाई हिन्दु धर्म साक्षेप अर्थात् हिन्दु अधिराज्य बनाउनुपर्ने माग आपूm सम्बद्ध पार्टी (नेपाली कांगे्रस) मा लिखित रुपमै राख्ने गर्छन्, राख्छन् ।

हो, नेपाली कांग्रेसका सर्वस्वीकार्य नेता रहेका (अझ नेपाली कांगग्रेसले नै महामानव घोषणा गरेको) र रहिरहने स्वयम् बीपी कोराइराला हिन्दु धर्म अथवा भनौं समग्र धर्मका सम्बन्धमा के भन्नु हुन्थ्यो ? सो बारेमा जान्न चाहनेहरुले उहाँ (बीपी) ले ४ साउन, २०३६ (२० जुलाई सन् १९७९) मा प्रकातिश एक अन्तर्वार्ता पढ्नुपर्ने हुन्छ । सो अन्तर्वार्तामा बीपी कोइरालाले प्रस्टसँग भन्नु भएको छ कि ‘नेपाल्ल हिन्दु राज्य हुँदै होइन ।’ अन्तर्वार्ता बीपी कोइरालालाई ‘विक्ली मिरर’ नामक अंग्रेजी पत्रिकाका अन्तर्वार्ताकारले एक प्रश्न गर्नु भएको छ, ‘नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रुपमा तपाईँलाई लिइन्छ । यसो गर्दा नेपालका रुढिवादी तत्वलाई प्रश्रय मिल्दैन ? तपाईँ सत्तामा आएपछि तपाईँले चाहेको जसरी पशुपतिनाथ मन्दिरलाई सङ्ग्राहलयमा सार्नका लागि जनतालाई मनाउन कठिन हुँदेन ? बीपीको जवाफ यस्तो रहेको छ, ‘-नेपाल हिन्दु राज्य हुँदै होइन । कसैले हिन्दु राज्य हो भन्दछ भने त्यो झेली मात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । तसर्थ मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्न नै उठ्दैन ।’ विक्ली मिरर, ४ साउन २०३६ (२० जुलाई सन् १९७९) । सो अन्तर्वार्ता प्रदीप गिरिद्धारा सम्पादित ‘विश्वेश्वरप्रसाद कोइराला आधारभूत सङ्कलन’ २०७८, नामक किताबमा सङ्ग्रहित छ ।

नेपाली कांग्रेसका त्यस्ता सर्वस्वीकार्य नेता, अझ भएन नेपाली कांग्रेस पार्टी र तिनका नेताहरुले त बीपी कोइरालालाई केवल आप्mनो नेता मात्रै नमानेर ‘महामानव !’ मान्ने, भन्ने, लेख्ने, गर्छन् । तथापि नेपाली कांग्रेसीले ‘महामानव !’ भनी मानेको, भनेको, लेखेको स्वीकारेको नेताले हिन्दु धर्मका सम्बन्धमा राखेको विचार, अडान वा भनौं भनाइलाई कसरी चटक्कै बिर्सेका होलान् ? प्रश्न उठ्छ, वा भनौं सो सम्बन्धमा प्रश्न उठाउन सकिन्छ । किनभने, तनहुँ जिल्लाबाट प्रत्यक्षमा निर्वाचित सभासद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शंकर भण्डारीेले केही समय अघि (गएको ६ भदौ) नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवालाई भेटेर फेरि पनि ‘नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातान हिन्दु राष्ट्र नेपाल’कायम गराउनुपने्र्र मागसहितको ज्ञापनपत्र बुझाएका थिए । अचम्म के छ भने, सो ज्ञापनपत्रमा भण्डारीले किरात, बोन, जैन, शिख आदि धर्म र दर्शनलाई पनि हिन्दुमै गाभेर (किरात, बोन, जैन, शिख धर्मलाई पनि हिन्दु भनी उल्लेख गरेर) ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन धर्मको हवाला दिईएको छ । स्मरण रहोस्, भण्डारीले विसं २०७१ कात्तिकमा नेपाली कांग्रेस निकट रहेका मानिसहरु भेला गरेर ‘वैदिक सनातन (हिन्दु) राष्ट्र स्थापना महाअभियान गठन’ गरेका थिए ।

त्यसअघि पनि भण्डारीले विसं २०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न सम्पन्न भएको नेपाली कांग्रेसको महासमितिको बैठकमा आपूm लगायत नेपाली कांग्रेसका अन्य २१ जना मध्यमस्तरका नेताहरुको हस्ताक्षरसहित नेपाली कांग्रेसले अब हिन्दु राज्यको पक्षमा अडान लिनुपर्ने अथवा भनौं हिन्दु अधिराज्यलाई पार्टीले सैद्धान्तिक रुपमा आत्मसाथ गरेर नीति नियम पारित गरेर, एजेन्डामै राखेर अगाडि बढ्नुपर्ने भनी आप्mनो फरक मत (नेकाले हिन्दु सनातन धर्म मान्नुपर्ने) स्पष्टसँगग राखेका थिए । ती २२ जना नेताहरुले आप्mनो मागपत्र वा अडानलाई त्यो वेला लिखित रुपमै पार्टीमा बुझाएका थिए । त्यसरी नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु (राष्ट्र) धर्मका सम्बन्धमा कुरो उठाएर फरक मत दर्ज गर्ने नेपाली कांग्रेसका ऊ वेलाका २२ नेताहरु थिए ‘-शंकर भण्डारी, दिलेन्द्र बडु, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाईली, रंगमती शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरि, सीता देवकोटा, अर्जुनजंग बहादुर सिंह, सीता कुमारी राना, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृप बहादुर ओड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ता कुमारी यादव, डाक्टर डीना संग्रौला, इन्द्र बहादुर बानियाँ र शुक्रराज शर्मा ।’

ऊ वेलाको सो नाम सूची हेर्दाखेरि जो आर्य खस समूहका थिए, जसका पिता पूर्खाले सुरुदेखि नै हिन्दु धर्म मान्दै आएका थिए, अंगानल्दै आएका थिए, उनीहरुले हिन्दु धर्मका सम्बन्धमा पक्षपोषण गर्नुृ त ठीकै मान्न सकिएला, सकिन्थ्यो । तर, अचम्म के भने, जसले र जसका पिता-पूर्खाहरुले लामो समयसम्म हिन्दु धर्मकै कारण दलनमलनमा पर्नु परेको थियो वा परे, अभैm परिरहेकै छन्, तिनीहरु र तिनका सन्तान दर’सन्तान स्वयम्ले (दलित-शिल्पी समूहका कामरेडहरु) पनि नेपालमा हिन्दु धर्म नै लागू हुनु पर्छ भनी हिन्दु धर्मका पक्षमा वकालत गर्नु, हिन्दु धर्म लागू हुनुपर्ने भन्ने मागपत्रमा सही गर्नु भनेको के हुन सक्छ ? उनीहरुले कतै आप्mनै खुट्टोमा बञ्चरोले त हान्नुसरह होइन ? यसो विचार गरौं त ? यो कुरो दलित अथवा भनौं शिल्पीहरुका लागि कतिको न्यायोचित ठहरिएला ? त्यस्तै गरेर एक जना राना (उहाँ सायद महिला हुनु हुन्छ होला) जो हुनुहुन्छ, उहाँ पनि आपूm आदिवासी जनजाति मुलका हो भने त उहाँले पनि हिन्दु धर्मका सम्बन्धमा कुरो उठाईएको मागपत्रमा त्यसरी सही धस्काउनु कति ठीक होला ?

त्यसो त नेपाली कांग्रेस नेपालकै पूरानो राजनैतिक दलमध्ये पहिलो दल हो भने, स्थापनाको हिसावले तेस्रो वा चौथो दलमा पर्ने राजनैतिक दल (म मा ज्ञान भएन, यस सम्बन्धमा) पनि हो !? जुन राजनीतिक दल अरु राजनीतिक दलहरु हेरिकन केही हदसम्म समावेशी पनि देखिन्छ, नेकपा (एमाले) र नेकपा (माके) हेरिकन अहिलेसम्म समावेशी नै छ ?! त्यसैले नेपाली कांग्रेसको नेतृत्व तहले चाहिँ नेपाली कांग्रेसका ठूला तथा मध्यमस्तरका नेता तथा कार्यकर्ताहरुलाई धर्म निरपेक्षता र धर्म सापेक्षताका सम्बन्धमा समग्र नेपाल देश र नेपाली जनताहरुका लागि पनि लगभग सर्वस्वीकार्य नेताका रुपमा चिनिनु भएका, नेपालीहरुका मन मुटुमा वास गर्नु भएका स्थापित हुनु भएका नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको नीतिलाई नै मानक बनाओस्, धर्म सम्बन्धी नीतिका सम्बन्धमा बीपी कोइरालाको नीति र भनाइलाई नछोडोस् भन्ने यो पङ्तिकारको आशय हो । किनभने, माथि नै उल्लेख भई सकेको छ कि, विश्वेश्वरप्रसाद कोइरालाले ‘नेपाल हिन्दु राज्य हुँदै होइन, कसैले हिन्दु राज्य हो भन्दछ भने त्यो झेली मात्र हो ।’

इतिहास हेर्दाखेरि पनि नेपाली कांग्रेसले सुरुदेखि नै प्रजातान्त्रिक समाजवाद, समतावादी समाज, धार्मिक सहिषुणता, समानता आदिलाई आप्mनो मूल नीति बनाएको देखिन्छ । यस्तो दलमा दलमा रहेका केही नेताहरुले भन्दैमा अथवा कुनै धार्मिक समूहले हिन्दु धर्मलाई आप्mनो स्वार्थ सिद्घ गर्न, निर्वाचनमा केही मात्रामा भोट बढाउन हिन्दु धर्मलाई उछाल्दैमा, केही भीड जम्मा भएको देख्दैमा नेपाली कांग्रेस जस्तो प्रजातन्त्रवादी, समाजवादी र समतावादी पार्टीमा लागेका नेता तथा कार्यकर्ताहरुले आपूm संलग्न पार्टी र आप्mनो आदर्श नेताले अंंगालेको धर्म सम्बन्धी नीतिलाई चटक्कै बिर्सेर एकल हिन्दु राज्यको पक्षमा लाग्नु त्यति उचित हुँदैन कि ? किनभने त्यसो गर्दा आप्mनो पार्टी र आपूm (नेकाका नेता तथा कार्यकार्यताहरु) ले ‘महामानव !’ मानेको बीपी कोइरालाले ऊ वेलै धर्मका सम्बन्धमा ‘-नेपाल हिन्दु राज्य हुँदै होइन । कसैले हिन्दु राज्य हो भन्दछ भने त्यो झेली मात्र हो ।’ भनेर जुन कुरो भनेकबा थिए, त्यसको बर्खिलाप पो हुन्छ कि ?

अन्त्यमा भन्नु पर्दाखेरि हामीले हाम्रा आदरणीय नेता तथा महामानव बीपी कोइरालालाई सम्झँदै, उहाँको सम्मान गर्दै नेपालमा हिन्दु धर्म (सनातन हिन्दु राज्य) लागू गर्नु पर्छ, राज्यले नै धर्मको पक्षधरता लिनुपर्ने भन्ने लोलोपाृतो नगरौं !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार