इलाममा दुर्घटना न्युनिकरणका लागि यातायात कार्यालय र ट्राफिक प्रहरीको संयुक्त चेकिङ( तस्बिर सहित)

इलाम :  इलाममा सवारी दुर्घटना न्यूनीकरणको लागि संयुक्त चेकिङ गरिएको छ ।  शुक्रवार  यातायात व्यवस्था सेवा कार्यालय इलाम र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा सवारी साधनको चेकिङ गरेको हो ।

जिल्लाबाट चल्ने छोटो तथा लामो दुरीको सवारीको  संयुक्त चेकिङ गरिएको हो । चेकिङमा  सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच गरिएको थियो ।
अनुगमनामा यातायात व्यवस्था तथा ट्राफिक नियम सम्बवन्धि दर्ता, ब्लुबुक नविकरण, विमा, लाईसेन्स, ओभर लोड, सिट बेल्ट, क्षमता भन्दा बढी यात्रु र अवस्था ठिक नभएको सवारी ( जस्तै हेल्मेट नलगाएको, क्लिप नबाँधिएको, लुकिङ ग्लास नभएको, साईड लाईट नभएको जस्ता सवारीहरुलाई चेक जाँच गरिएको यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख खगेन्द्र मैनालीले बताए ।

मैनालीका अनुसार अनुगमनको क्रममा चालकहरुलाई दुर्घटनाबारे सचेत समेत गराईएको बताए।

यता संयुक्त चेकिङमा चालकहरुले सवारी निति नियम तथा ट्राफिक नियम समेत नजानेको र कतिपयले भने नियम मिचेर हिडिरेको अवस्थामा फेलापरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख डम्बर दियालीले बताए । उनका अनुसार

सवारी तथा ट्राफिक नियम विपरित बिभिन्न गल्ती गरी सडकमा गुड्ने सवारीहरु कार्वाहीमा परेको बताए  । यस्तो कार्यक्रमले सवारी चालक र यात्रुहरुमा सेचतना फैलने तथा मर्यादित बनाउन सहयोग पुराउँदै दुर्घटना न्युनिकरण गर्ने अपेक्षा लिईएको यातायात कार्यालयका इन्जिनियर सुरज केशीले जानकारी दिए  । संयुक्त चेकिङ जिल्लामा विभिन्न समयमा हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार