इलाम : इलाम नगरपालिकाले पहिलो पटक जवलायु अनुकुलन योजना कार्यान्वयन गर्ने भएको छ ।
इलाम नगरपालिकाले जवलायु अनुकुलन योजना तर्जुमा गरी कार्यान्वयन गर्ने तयारी गरेको नगर प्रमुख केदार थापाले बताए ।
सहयात्रान नेपाल इलाम र प्रकृति रिसोर्सेस सेन्टर काठमाडौंको प्राविधिक सहयोगमा इलाम नगरपालिकाले जलवायु अनुकुलन योजना तर्जुमा गरेको हो ।
जलवायु अनुकुलन योजनाको प्रतिवेदन वुधबार आयोजित कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवा र प्रकृति रिसोर्सेस सेन्टरकी कार्यक्रम अधिकृत प्रज्ञा शेरचनले नगर प्रमुख थापालाई हस्तान्तरण गरेको छ ।
प्रतिवेदन ग्रहण गर्दै प्रमुख थापाले सो योजना कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए ।