माईपोखरीमा जातीय भेषभूषाको स्टल उद्धघाटन

  नयाँ बुलन्द
21 Shares

सन्दकपुर : नेपाल आदिवासी जनजाति महासंघ सन्दकपुरको व्यवस्थापनमा सन्दकपुरको प्रमुख पर्यटकिय गन्तव्य माईपोखरिमा विभिन्न जातजातिको भेषभुषा (पहिरन) को स्टल उद्धघाटन गरिएको छ ।

एक कार्यक्रमका बिच सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ र उपाध्यक्ष हरि लुङ्गेलीले संयुक्त स्टल उद्धघाटन गरेका हुन् ।

आर्थिक बर्ष २०८०/८१ को आदिवासी जनजाति शिर्षकबाट विभिन्न १० जातिको पहिचान झल्कने पहिरनहरु स्टलमा व्यवस्थापन गरिएको सचिव श्याम राईले जानकारी दिए । स्टलमा राखिएका भेषभुषा प्रयोग गर्नका लागि २ सय रुपैया शुल्क तोकिएको छ । सन्दकपुरको भुगोलमा बसोबास गर्ने जातजातिको भेषभुषा र पहिरनलाई राष्ट्रिय एवम अन्तरराष्ट्रिय स्तरमा चिनारी गराउन स्टल राखिएको हो ।

६ महिना परिक्षणकालको रुपमा राखिने र त्यसपछि आगामी आर्थिक बर्षबाट वृहत स्टलको रुपमा व्यवस्थापन गरिने भएको छ । आदिवासी जनजाति महासंघका अध्यक्ष रुपेन्द्रराज नेम्वाङको अध्यक्षता रहेको कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष ढाल बहादुर गुरुङ, वडा सदस्य सोम साउदेन लगायतको आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार