डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह ‘मुढा’ प्रचार गर्न मोटरसाइकल र्‍याली

  नयाँ बुलन्द
126 Shares

इलाम : इलाम-२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्रशारको लागि चुलाचुलीमा मंगलबार वृहत मोटरसाइकल ¥याली भएको छ ।

मुढा चुनाव चिन्हको प्रचारको साथै भोट माग्न ¥यालीको आयोजना भएको हो । चुलाचुली गाउँपालिका वडा नं. १ कमलदेखि १, २, ४, ५ हुँदै ६ नं. वडाको तोरीबारी (मधुमल्ला उत्तर) पुगेर कोणसभा भएको थियो ।

तोरीबारीमा भएको कोणसभामा कार्यक्रम संयोजक बिक्रम लिम्बूले सम्बोधन भएको थियो । चुनाव चिन्ह मुढाको झण्डा मोटरसाइकलमा लगाएर सुरु भएको ¥याली बिभिन्न स्थानमा रोकेर माइकिङ्ग गर्दै भोट मागेका थिए । ¥यालीमा एक हजार मोटरसाइकल सहभागी भएको कार्यक्रम संयोजक बिक्रम लिम्बूले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार