क्यान्सर पीडित शेर्पाको आर्थिक अभावले उपचारमा समस्या, सहयोगका लागि अपिल

  युद्धबहादुर बोहोरा
1k Shares

 

घुर्विसे पञ्चमीः  आर्थिक अभावका कारण फाल्गुनन्द गाउँपालिका ४ की लमु शेर्पाको उपचारमा समस्या भएको छ । पाठेघरको क्यान्सर रोगबाट पीडित शेर्पाको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । इलाम पाँचथरको सिमाना पुरानो पञ्चमी बजारमा बसोबास गर्दै आएका पालिका भित्रकै अपसंख्यक शेर्पालाई उपचारमा धेरै रकम लाग्ने भएपछि खर्च जुटाउन धौधौ परेको बताइएको छ ।

घरायसी अवस्था कम्जोर रहेका शेर्पा परिवारलाई आर्थिक समस्या परेका कारण हाल छरछिमेक,नातागोता,इष्टमित्र र देशविदेशमा रहेका सहयोगी मनहरुबाट आर्थिक संकलनको अभियान शुरु गरिएको परिवारिक श्रोतले जानकारी गराए । ५५ वर्षीया शेर्पालाई पाठेघरको क्यान्सर भएको एक महिना अघि थाहा पाए पश्चात अहिले उनकी कान्छी छोरी अस्पतालमा आमाको उपचार र स्याहारसुसारमा  व्यस्त रहेकी छिन् । शुरुमा रोग पत्ता लगाउन र उपचारमा भौँतारिदा धेरै खर्च भएको बिरामीका श्रीमान् पेम्बा शेर्पाले बताए ।

उनको उपचारका लागि खर्च जुटाउन वडा कार्यालयले सिफारिस गरेको साथै गाउँपालिकामा पनि आवश्यक सहयोगका लागि समन्वय गरिने उनको भनाइ छ । परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै इच्छुक महानुभावले ९८६९७५३४०२,९८२७९६५५१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । सहयोगी दाताले फुर्तेम्बा शेर्पाको नाममा एनआसी बैंकको खाता नम्बर  ००३५७५२६३४२२४००१ वा क्युआर कोड

मा सहयोग रकम जम्मा गरिदिन परिवारबाटअपिल  गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार