माङसेबुङ गाँउपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्रोदय माविलाई

  नयाँ बुलन्द
1.6k Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आयोजना गरेको पालिकास्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेनद्रोदय माध्यमिक विद्यालय माङसेबुङ-१ ले जितेको छ ।

माङसेबुङ-२ स्थित डोलटार खेलमैदानमा शुक्रबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र ३ कास्यसहित महेन्द्रोदय मावि प्रथम भएको हो । त्यसैगरी ८ स्वर्ण, ५ रजत र २ कास्यसहित सरस्वति माध्यामिक विद्यालय माङसेबुङ-५ भालुटार द्वितीय भएको छ । त्यस्तै, ४ स्वर्ण र १ कास्यसहित जीवन ज्योति माध्यामिक विद्यालय माङसेबुङ-३ चतुरे तृतीय भएको छ ।

सहभागी चिसोपानी मावि माङसेबुङ-६ ले ३ स्वर्ण, ४ रजत र ७ कास्य, विद्या सिर्जनात्मक मावि माङसेबुङ-४ ले ३ स्वर्ण, ३ रजत र १ कास्य, इभाङ मावि माङसेबुङ-२ ले १ स्वर्ण, ५ रजत र ६ कास्य एवम् दुर्गा मावि माङसेबुङ-३ दे ५ रजत र २ कास्य प्राप्त गर्‍यो ।

मङ्गलबारदेखि सुरु भएको प्रतियोगितमा पालिकाभरीका ७ वटा माद्यमिक विद्यालयले विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसुकोलगायतका खेलाहरुमा प्रतिस्पर्धा भएको थियो ।

विजेता विद्यालयका खेलाडीहरुलाई माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख  बुद्धिप्रसाद खतिवडाले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेपछि पालिकाबाट छनोट भएको टिमले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् । यस पटकको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि माङसेबुङ गाउँपालिकामा नै सञ्चालन हुने तयारी भइरहेको जिल्ला खेलकुद विकास समिति इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार