पर्यटनः १० लाख नाघेको संख्या र एक रुपैयाँमा एक रात बास अनि दुई छाक खाना !

  निनाम लोवात्ती
280 Shares


विश्वका प्रायः सबै देशले हरेक वर्षको नयाँ वर्ष (नेपाली तथा विदेशी नयाँ वर्ष, विभिन्न चाडबाड, उत्सव तथा मेला पर्वहरु आदिको अवसरमा) देशका विभिन्न क्षेत्रका खासगरी पर्यटनसँग सम्बन्धित रहेर व्यवसाय गर्ने ट्रेकिङ एजेन्सी, टुर तथा ट्राभल एजेन्सी, तारे होटेल तथा पर्यटकस्तरीय होटल, कटेज, सामान्य होटेल, गेस्ट हाउस, होमस्टे, रेस्टुरेन्ट, पब, बार, डिस्को, ड्रिङ्क सेन्टर आदिका साथै र्याप्mिटङ एजेन्सी, हवाई यातायात कम्पनी लगायत पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायीहरुले नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकलाई अतिरिक्त सेवा, सुविधा, सहुलियत र छुटहरु दिने गर्छन् । पर्यटकका लागि विभिन्न अफरहरु ल्यमाउने गर्छन् । यता नेपालमा स्न २०१९ को अन्तिममा सुरु भएको कोरोना महामारीपछि को लगभग चार वर्षमा सहजै ढंगले १० लाख भन्दा केही बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन्, त्यो पनि सन् २०२३ को अन्तिम महिना (डिसेम्बर) को दुई दिन बाँकी छदै ?! नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई उद्धृत गर्दै नेपालका विभिन्न समाचारमाध्यममा आएको पछिल्लो समाचाअनुसार सन् २२३ डिसेम्बरको ‘सेकेन्ड लास्ट डे’ को बिहानीसम्म १० लाख आठ हजार ६१४ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् भनी विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आएको छ ।

यो लेखमा हामीले जहिले पनि सिक्न, मनन् गर्न र सम्झना योग्य अलि पूरानो घटना उल्लेख गर्दैछु । कुरो नेपालको पूर्वी पहाडी जिल्लामा अवस्थित इलाम जिल्लाका होटल व्यवसायीहरुको हो । उनीहरले त्यो वेला गरेको काम संभवतः नेपालभरिकै पर्यटन व्यवसायीहरुका लागि अनुकरणीय र मननीय हुन सक्छ । किनभने उनीहरुले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा सन् २०१९ को अन्तिम रात बिताउन इलाम जिल्लाको सदरमुकाम इलाम बजार वास बस्न आई पुगेका विभिन्न देशका पर्यटकलाई मात्रै एक रुपैयाँ शुल्क लिएर ‘एक रात वास र दुई छाक खाना’ दिएका थिए । सो कार्यले इलामेली होटल व्यवसायीहरुका लागि मात्रै नभएर समग्र नेपाल र नेपाली पर्यटन क्षेत्रबारे विश्व पर्यटन बजारमा राम्रो सन्देश गएको थियो, जान्छ । यस्तो कार्य आगामी दिनमा फेरि पनि भएमा हामीले सबैले आ-आप्mनो क्षेत्रबाट सक्दो प्रचारप्रसार गर्नुपर्ने हुन्छ । हुन पनि त्यो वेला (नेपाल भ्रमण वर्ष सन् २०२० को पहिलो दिन लाग्ने र सन् २०१९ को अन्तिम रात बिताउने विदेशी पर्यटकहरुलाई) इलाम जिल्लाको सदरमुकाममा सञ्चालित होटलका मालिकहरुले ‘एक रुपैयाँ शुल्कमा विभिन्न देशका पर्यटकलाई एक रात वास र दुई छाक खाना’ उपलब्ध गराउने कामलाई कम आँक्न हँुदैन । सन् २०१९ को अन्तिम रात बिताउन इलाम बजार पुगेका विभिन्न देशका पर्यटकहरुले यसरी कहिल्यै कल्पना नगरेको फल पछि ‘एक रुपैयाँमा एक रात वास र दुई छाक खाना पाएपछि आपूmहरु आश्चार्य’मा परेको भनी प्रतिक्रिया जनाएका थिए । सो कुरो विभिन्न सञ्चारमाध्ममा आएको थियो । ती पर्यटकहरुले ‘एक रुपैयाँमा एक रात वास र दुई छाक खाना खान पाएपछि आपूmहरु आश्चार्य’मा मात्रै नपरेर आप्mनो देश फर्केपछि इलामको मात्रै नभएर समग्र नेपालको पर्यटन र नेपाली पर्यटन व्यवसायीहरुका सम्बन्धमा सकारात्मक ढंगले प्रचारप्रसार गर्ने बताएका थिए । यसरी हेर्दा सानो होस्, वा ठूलो, सकारात्मक काम-कुरोले हरेक मान्छेलाई सकारात्मक बनाउँछ भन्ने उदाहरण त्यो वेला इलामका होटल व्यवसायीहरुको कामले देखाएको थियो । अहिले पनि निकट भविश्यमै सन् २०२३ (आज यो लेख पठाएको दिन ३१ डिसेम्बर सन् २०२३ हो) विदा भएर सन् २०२४ आउँदै छ । त्यसैले सायद यो वर्षको नयाँ वर्षको अवसरमा पनि नेपालका पर्यटनसँग सम्बन्धित व्यवसायीहरु जस्तै ट्रेकिङ एजेन्सी, टुर तथा ट्राभल एजेन्सी, तारे होटेल तथा पर्यटकस्तरीय होटल, कटेज, सामान्य होटेल, गेस्ट हाउस, होमस्टे, रेस्टुरेन्ट, पब, बार, डिस्को, ड्रिङ्क सेन्टर आदिका साथै र्याप्mिटङ एजेन्सी, हवाई यातायात कम्पनी लगायत पर्यटन व्यवसायीले सन् २०२४ को पहिलो दिन नेपालमा भ्रमण गर्न आई पुगेका विदेशी पर्यटकलाई अतिरिक्त सेवा, सुविधा, सहुलियत र छुटहरु दिएर सरप्राईज देलान् भन्ने आशा गरौं । किनभने सन् २०१९ को डिसेम्बर अन्तिम ताका सुरु भएको कोरोना महामारी (कोभिड-१९) पछि विगत तीन वर्षसम्म नेपाली पर्यटनमा ‘डाउन फल’को अवस्था थियो । संयोग कस्तो भने यो वर्ष चाहिँ लगभग सन् २०१९ को हाराहारी (सन् २०२३ मा एक दिन बाँकी रहँदै १० लाख आठ हजार विदेशी पर्यटकहरु आई सकेका छन्) कै संख्यामा पुग्दैछ । त्यसेले यो वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यालाई हामीले राम्रो मान्नुपर्ने हुन्छ राम्रो भन्न सकिन्छ ।

त्यसो त सन् २०२० को नयाँ वर्षको अवसरमा नेपाली टुर तथा ट्राभल एजेन्सीहरुको संस्था ‘नाट्टा’ले आप्mना ग्राहकहरुलाई १० प्रतिशत छुट दिएको थियो । त्यस्तै ऊ वेला नेपालका ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज अफ नेपाल (टान) ले आप्mना ग्राहकहरुलाई ट्रेकिङ जाँदा २० प्रतिशत छुट दिएको थियो । त्यस्तै गरेर होटल र होम स्टेहरुले पनि आप्mना ग्राहकहरुलाई बेडमा ३० प्रतिशत र खानामा १५ प्रतिशतसम्म छुट दिएका थिए । त्यसैले गर्दा यो वर्ष पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकमध्ये नयाँ वर्षको पहिलो दिन नेपाल आई पुग्ने विदेशी पर्यटकलाई नेपाली पर्यटन व्यवसायीहरुले विभिन्न खालका छुट दिन सके धेरै राम्रो हुने थियो । किनभने, नयाँ वर्षको दिन नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई त्यसरी केही छुट वा सहुलियत दिईएमा सो कार्यले समग्र नेपालको पर्यटन व्यवसाय र नेपालप्रति नै विदेशी पर्यटकहरुले सकारात्मक धारणा बनाउने थिए ।

त्यसैले गर्दा ऊ वेला (नेपाल भ्रमण वर्ष सन् २०२० को पहिलो दिन लाग्ने र सन् २०१९ को अन्तिम रात बिताउने विदेशी पर्यटकहरुलाई) इलाम जिल्लाको सदरमुकाममा सञ्चालित होटलका मालिकहरुले जसरी एक रुपैयाँ शुल्कमा विदेशी पर्यटकहरुलाई ‘एक रात वास र दुई छाक खाना’ उपलब्ध गराएका थिए, अहिले ठ्याक्कै त्यसै गर्न नसके तापनि सन् २०२३ को अन्तिम रात बिताउने अथवा सन् २०२४ को पहिलो दिन नेपाल आई पुग्ने विदेशी पर्यटकहरुका लागि केही न केही छुट र सहुलियतका प्याकेज ल्याएमा राम्रै हुने देखिन्छ । आशा गरौं, नेपाली पर्यटन व्यवसायीहरुले अवश्य नै सन् २०२३ को अन्तिम रात बिताउने अथवा सन् २०२४ को पहिलो दिन नेपाल आई पुग्ने विदेशी पर्यटकहरुका व्यवसायीहरुले केही न केही छुट र सहुलियतका प्याकेज ल्याउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार