दक्षिण जेरुसेलममा अन्धाधुन्ध गोली प्रहार, ३ जनाको मृत्यु हुँदा १६ घाइते

  नयाँ बुलन्द
224 Shares

तेल अबिब : इजरायल र हमासबीच संर्घषविश्राम लब्याउने सहमति भएकै दिन जेरुसेलममा थप तीनजना सर्वसाधारण मारिएका छन् । आक्रमणमा थप १६ जना घाइते भएका छन् ।

दुई बन्दुकधारीले दक्षिणी जेरुसेलमको एउटा बस प्रतीक्षालयनजिकै अन्धाधुन्ध गोली चलाएका थिए ।

यसैबीच गएराति इजरायल र हमासबीच संघर्षविश्राम सकिनै लाग्दा थप चौबीस घण्टा लम्ब्याउने सहमति भएको छ । जसअनुसार थप चौबीस घण्टाको संघर्षविश्राम आज स्थानीय समयअनुसार मध्यरातसम्म लागु हुनेछ ।

संघर्षविश्रामको सर्तअनुसार हमास र इजरायल दुवै तर्फबाट बन्धक र कैदीहरु रिहा हुनेछन् । संघर्षविश्रामको छैटौं दिन हिजो हमासले १० इजरायली र चार थाई नागरिकसहित थप १४ जनालाई मुक्त गरेको थियो ।

त्यसैगरी इजरायलले ३० बन्दी रिहा गरेको थियो । इजरायलले रिहा गरेका बन्दीमा धेरै महिला तथा बालबालिका थिए । संघर्षविश्रामको छैटौं दिन हिजो पनि १४ र ८ वर्षका दुईजना प्यालेस्टेनी बालक जेनिन सहरमा इजरायली आक्रमणमा मारिएका थिए । जेनिन र जेरुसेलमको घटनाले संघर्षविश्रामलाई प्रभावित पार्नसक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार