माई नगरपालिकामा माओवादीको सरसफाई

इलाम : इलामको माई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले सडक सरसफाई गरेको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मूल नारासाथ संचालित ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरगत सडक सरसफाई गरेको हो ।

माओवादीहरुले माई नगरपालिका वडा नं. ४ को शुक्रबारे बजारदेखि वडा नं. २ को मस्ते नमस्ते चोक, सितली हुँदै नगरपालिकाको कार्यालय समम्म सडकको नाली तथा झाडी सरसफाई गरेको छ ।

त्यस्तै सितली बजारको बीच सडकमा लोदीया प्रहरी चौकी दानाबीसँगको सहजीकरणमा वडा नं. २ को जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको टोलीले जेब्रा क्रसिङ निर्माण गरेको छ ।

अभियानका कमाण्ड इन्चार्ज विनोद नेम्वाङ्ग लिम्बूको नेतृत्व सो काम भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार