हुनत पर्यटनलाई विश्वका प्रायः सबै मुलुकले उद्योगको रुपमा मान्यता दिई सकेको अवस्था छ । तर दुःखको के छ भने हाम्रो देश नेपालले भने यस सम्बन्धमा धेरै ढीला गरिरहेको छ । भनाइको मतलब अभैm पनि नेपाल सरकारलाई नेपाली पर्यटनका अगुवाहरुले ‘नेपालको पर्यटन र होटल क्षेत्रलाई पनि उद्योग सरहको मान्यता देऊ !’ भनेर माग गरिरहनु परेको अवस्था छ । जे होस्, विश्वका अधिकांश मुलुकका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा ! खोलिने वा भनौं सुरु गरिने र आमदानीको राम्रो स्रोतको रुपमा लिने गरिन्छ, पर्यटन उद्योगलाई । जे होस्, यसै सन्दर्भमा आज (२७ सेप्टेम्बरका दिन) ४३ औं विश्व पर्यटन दिवस परेको छ ।
त्यसो त विश्वमा औपचारिक रुपमा पर्यटन व्यवासाय सुरु भएको इतिहास हेर्दा लगभग एकसय ८३ वर्षको भैसकेको छ । विश्वमा पर्यटन व्यवासाय औपचारिक रुपमा सुरु भएको सन् १८४१ मा हो । सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रुपका साथै निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरुलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मान्छेहरुले अनेक खालका भ्रमणहरु गर्थे/गरेका थिए । तर, ती मान्छेहरुले गर्ने भ्रमणहरु फरक-फरक उदेश्य लिएर हुने गथ्र्यो । जस्तै धार्मिक, व्यापारिक, जासुसी लगायत अनेकखाले खोज-अनुसन्धानका लागि धेरै मान्छेहरु त्यो वेला पनि अन्य देशको भ्रमणमा निक्लन्थे । तर, त्यसमा केही न केही निहित उदेश्य त हुन्थ्यो नै ।
त्यसैले बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै किन पहिलो पर्यटकीय टोली मानियो ? भन्नेतर्फ सानो गन्थन मन्थन गरौं । किनभने, थोमस कुकले सुरुमा आफ्नै मुलुक बेलायतका पर्यटकहरुलाई आफ्नै मुलुकको विभिन्न ठाऊँको भ्रमण गराएर आन्तरिक पर्यटकको रुपमा भ्रमण व्यवसायको सुरुवात गरे । जसको पर्यटकीय वा भनौं घुम्ने/विदा मनाउनेबाहेक अरु कुनै उदेश्य थिएन । यसरी कुनै उदेश्य, नाफा वा व्यक्तिगत स्वार्थ नलिई गराएको भ्रमण भएकोले उक्त भ्रमण टोलीलाई ‘पर्यटकीय टोली’ मानियो । यसरी स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरे । सोही कारणले गर्दा उन (थोमस कुक) लाई पर्यटनको सुरुवात कर्ता मात्रै होइन, पर्यटन क्षेत्रको पिता नै मान्ने गरिएको छ ।
तर सुरुमा उनले पनि दीर्घकालीन योजना बिना नै भ्रमण व्यवसाय सुरु गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । यसरी उनले सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन । यसरी आन्तरिक रुपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा १० जना बेलायती नागरिकहरुलाई लिएर पर्यटकीय उदेश्यका साथ विश्वका विभिन्न देशहरुमा भ्रमण गर्न निस्किए । यसरी लगभग एकसय ८१ वर्षअघि थोमस कुकले १० जना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उदेश्यले घुम्न निस्किए यता विश्वका अधिकांश मुलुकका अरबौं/खरबौं मानिसहरुले विश्वका अधिकांश मुलुकका पर्यटकीय स्थलको भ्रमण गरे, पर्यटकीय उदेश्यका साथ ।
यता हाम्रो देश नेपालमा भने लामो समयसम्म (१०४ वर्षे राणा शासनकालमा) विदेशीलाई (कूटनैतिक उदेश्य बाहेक) नेपालको भ्रमण गर्न नै बन्देज लगाएकोले पयर्टनले छिटो र राम्रोसँग फस्टाउने अवसर पाएन । जसको असर हालसम्म पनि परिरहेको छ । त्यसो त विसं २००७ सालमा आएको राजनैतिक परिवर्तनदेखि विसं २०१५ सालसम्मको संक्रमणकालीन अवस्थामा पनि नेपालमा अपेक्षित रुपमा पर्यटनले फस्टाउने अवसर पाएन । तत्कालीन राजा महेन्द्रले विसं २०१७ सालमा राजनैतिक कू गरेपछिको सुरुताका भने केही विदेशीहरु अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरवात गरे । (हुन त यसो भन्दा राजावादी भएको आरोप पनि लाग्न सक्छ) त्यसमा पनि बेलायती, जर्मन, जापानीज, स्वीस, रुसी, फ्रान्सिसी आदि विदेशी नागरिकहरुले नेपालको पर्यटन प्रवद्र्घन गर्नमा योगदान गरेको देखिन्छ, सुरुका दिनमा । ती विदेशीहरु, जो नेपाल आएर बसेका थिए, उनीहरु सुरुमा शुद्घ पर्यटन व्यवसायीको रुपमा भन्दा पनि कुनै न कुनै उदेश्यले नेपाल आएर बसेका थिए । जे भए तापनि नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र पर्यटन बजारको विस्तार गर्नमा विदेशीहरुबाटै सुरु भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । निश्चय नै ३० वर्षे पञ्चायतकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनु पर्ने हो, त्यति भएन । उता सन् १९८९/९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरुको संख्याले पनि बल्ल लाखको संख्या नाघ्न थाल्यो । यसरी सन् १९८९/९० मा नेपालमा आएको प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महत्व पाएको मान्न सकिन्छ । यसबीचमा प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट खासै गर्व गर्न लायक काम गरेन, शिवाय हिमाल आरोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्याफ्टिङ) मा जाने पर्यटकहरुलाई अनुमति दिए वापत उनीहरुबाट मनग्गे शुल्क असुल्ने, नियन्त्रित क्षेत्रबाट त झनै महँगो शुल्क लिने गन्थ्यिो भने अभैm पनि नियन्त्रित क्षेत्रबाट केही महँगो शुल्क दिने गरिेन्छ । त्यो बाहेक तत्कालीन श्री ५ को सरकारले केही गरेको थिएन त ? स्वाभाविक प्रश्न उठ्छ । हो, पर्यटन क्षेत्रमा तत्कालीन श्री ५ को सरकारले गरेको काम हामीले गर्वका साथ भन्न सक्ने र बाहिरबाटै देखिने भनेको ‘पर्यटन बोर्ड’को गठन पनि एक हो । तर, त्यही बोर्ड पनि कहिलेकाही (राजनैतिक कारणले) वषौंसम्म काम गर्न असमर्थ नै किन नहोस् ।
जे होस्, समग्रमा हेर्दा २०६२/०६३ को तेस्रो जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकहरुको संख्या लगातार बढीरहेको भए तापनि ती पर्यटकहरुले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरुको नेपाल बसाई भने बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यसैले हामीले नेपाल आउने पर्यटकहरुको संख्या मात्रै होइन, उनीहरुले गर्ने दैनिक खर्च र नेपाल बसाईमा पनि कसरी बढोत्तरी ल्याउने ? यसतर्फ पनि विषेश ध्यान दिनु पर्ने जरुरी देखिन्छ । उता सन् २०१५ मा आएको प्राकृतिक विपत्ति भूकम्प र भारतको अघोषित नाकाबन्दीले नेपालका पर्यटन अरु थिलथिलिएको थियो । सन् २०१५ मा आएको प्राकृतिक विपत्ति भूकम्प र भारतको अघोषित नाकाबन्दीको असर स्वरुप सन् २०१४को तुलनामा सन् २०१५ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या ३२ प्रतिशतले कमी आएको थियो । अर्थात् सन् २०१४ मा सातलाख ९० हजार ११८ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा पाँचलाख ३८ हजार ९७० जना विदेशी मात्रै नेपाल आएका थिए ।
हन त नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६, २०१७, २०१८ र २०१९ मा लगातार बढी रहेको थियो । तापनि सन् २०१९ को अन्तिममा सुरु भएको कोरोना महामारीका क्रम (सन् २०२०, २०२१ र २०२२) मा चाहिँ धेरै कम संख्यामा विदेशी पर्यटकहरु नेपालमा भ्रमण गर्न आए । यस बीचमा जति पनि विदेशी पर्यटक आए, उनीहरुको समग्र नेपाल बसाई अवधि र उनीहरुले नेपाल आएर घुम्ने क्रममा गर्ने गरेको दैनिक खर्च गर्ने क्षमता पनि बढ्दो क्रममा होइन कि घट्दो सन् (२०२०मा बाहेक) घढ्दो क्रममा रहेको देखिन्छ ।