इलाममा देखियो गाई जात्राको रौनक (तस्वीरहरु)

  नयाँ बुलन्द
371 Shares

इलाम : दिवङ्गत भएका आफन्तको सम्झना तथा मन शान्तिका लागि इलाममा गाइजात्रा पर्व मनाइएको छ । पुरुषलाई महिलाको पहिरन लगाइदिएर गाईका रूपमा श्रृङ्गार गरी नगर परिक्रमा गराउने परम्परागत प्रचलन अनुरुप इलाममा गाइजात्रा मनाइएको हो ।

सदरमुकामस्थित माइस्थान मन्दिरबाट निकालिएको जात्रा नगर परिक्रमा गराई नारायणस्थान मन्दिरमा लगेर समापन गरिने प्रचलन रहेको छ । इलाम नगरक्षेत्रका यस वर्षभित्र मृत्यु भएका घर परिवारबाट जात्रा निकालिएको थियो । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजना रहेको जात्रामा नेवार समुदायका परिवारहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

हेर्नुहोस् तस्विरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार