चिताएको पुग्ने देवस्थल : गजुरमुखी धाम (भिडियो सहित)

इलाम : चिताएको पुग्ने देवस्थलको रुपमा माङसेबुङ गाउँपालिकाको गजुरमुखीधामलाई चिनिन्छ । बोली नआएकाको बोली आउने र सन्तान नहुनेहरुको सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । माङसेबुङ गाउँपालिका १ मा पर्ने गजुरमुखीधाम पुग्ने सडक सुविधा पुगेसँगै धार्मिक श्रद्धालुहहरुको घुइँचो लाग्ने गरको छ ।

यहाँ प्रत्येक वर्ष कात्तिक पूणर्िमाको अवसरमा ३ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । यहाँ पूजापाठ तथा दर्शनका लागि इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको आसाम, सिक्किम, दार्जिलिङ लगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
पवित्र देउमाई खोलाको नजिक रहेको धाम आसपास रेहेको समतल भूभाग र हराभरा वनले पनि त्यहाँ पुग्नेलाई मोहित बनाउने गरेको छ ।

इलाम सदरमुकामबाट मंगलबारे हँँदै धुसेनीबाट मन्दिर निकटसम्म पुग्ने मोटरबाटो निर्माण भएको छ भने झापा दमकबाट चतुरे, इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ । मन्दिर क्षेत्रमा साधुसन्त बस्ने कुटी, धर्मशाला, खानेपानी धारा, सिंढी, बाटोको राम्रो व्यवस्था भएको छ । धामको शीर डाँडावरिपरि विभिन्न जातका फलफूलका बगैंचा र प्राकृतिक हरियालीले सिंगारिएको यो क्षेत्र चित्ताकर्षक र मनोरम छ ।

भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार