पर्यटकको रोजाइमा दिदी- बहिनी झरना

  नयाँ बुलन्द
280 Shares


माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक दिदी- बहिनी झरना ईलाम नगरपालिका ३ मा पर्दछ । झरना दुई वटा भएको कारण झरनाको नाम दिदी- बहेनी राखिएको हो ।

पछिल्लो समय दिदी- बहिनी झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।
जिल्लाभित्रकै मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि जिल्ला बाहिरको नागरिक पनि आउन थालेको स्थानीयबासी बताउँछन् ।

तस्वीर : भक्त गुरुङ /नयाँ बुलन्द

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार