सूर्याेदय नगरपालिकाले वृक्षाराेपण अभियानलाई तीव्रता दिदैं (तस्विरहरु)

  नयाँ बुलन्द
77 Shares

इलाम : इलामकाे पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले वृक्षाराेपणलाई तिब्रता दिएकाे छ । नगरले सरकारी जमिन, बन क्षेत्र, बिभिन्न पार्क तथा बिद्यालय र कार्यालय परिसरमा बिरुवा रोपण कार्यक्रमलाई तिब्रता दिएको हो ।

नगरले यस बर्ष ४० हजार बिरुवा रोपण गर्ने कार्यक्रम अन्र्तगत नि:शुल्क बिरुवा बितरण र रोपण गरिरहेको छ । नगरले सेतो शिरिस, सेतो श्रीखण्ड, अम्बक, अमला , जामुन, बेल टाकी चाँप , बडहर लगायत बिभिन्न प्रजातीका बिरुवा स्थानीयलाई समेत बितरण गरिरहेको छ ।

साथै नगर आफैले कन्याम, श्रीअन्तु लगायतका क्षेत्रमा बिरूवा राेपण कार्यलाई अघि बढाएकाे हाे ।शनिवार नगर प्रमुख रणबहादुर राई र प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई सहित स्थानीयले अन्तु पाेखरी आसपास वृक्षारोपण गरेका छन् ।

बिभिन्न ठाउँबाट खरिद गरेर ल्याएको बिरुवा नगरले निशुल्क बितरण गरिरहेको नगरको बन बातावरण तथा बिपत ब्यवस्थापन शाखाका संयोजक राजकुमार लिम्बुले जानकारी दिए । उनका अनुसार शाखाले ४० हजार, नेपाल राष्टिय बन पैदावर ब्यवसायी संघले १५ हजार र सव डिभिजन बन कार्यालय पशुपतिनगरले १० हजार गरी ६५ हजार भन्दा बढि बिरुवा रोप्ने काम सम्पन्न भएको छ ।

बातावरण समित संयोजक लिम्बुले नगरलाई सधै हरियाली राख्न बिरुवा रोप्ने कार्यक्रमलाई निरन्र्ता दिएको बताए । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले नगरले बिगतका बर्ष देखि नै बिरुवा रोप्ने कार्यक्रम संचालन गर्दै आएको बताए ।  ‘बिरुवा रोपेर मात्र हुँदैन, बिरुवा संरक्षण गरेर हुर्काउन सक्नु पर्छ’नगर प्रमुख राईले भने ।

नेपाल राष्टिय बन पैदावर ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्काले बर्षेनी रुख कटानका कारण बन जंगल मासिदै जादा नगरले थालेको उक्त अभियान अझ प्रभावकारी बनाउनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार