माङसेबुङ गाउँपालिकाको अन्तिम चौमासिक सार्वजनिक सुनुवाई (सवाल जवाफ/भिडियो सहित)

  नयाँ बुलन्द
336 Shares

इलाम इलामको माङसेबुङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९।०८० को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सकिएको छ ।

गाउँपालिकाको कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा गाउँपालिका कार्यालयको प्राङ्गण इभाङमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

माङसेबुङ गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ५५ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा ६ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा माङसेबुङ २ का सुवास बस्नेत, निर्मला निरौला कार्की र ठाकुरप्रसाद गड्तौला, माङसेबुङ १ का रेवतकुमार श्रेष्ठ र भूमिका खड्का एवम् माङसेबुङ ३ का आइन्द्र योङहाङ‍ले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

उनीहरुले विकास निर्माण, शुसान प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धी गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा, स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार राई र पशुसेवा शाखा प्रमुख मनोज ठगुन्नाले दिएका थिए ।

उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । गाउँपालिका अध्यक्ष राईले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको उदेश्यसहित स्वागत सूचना प्रविधि अधिकृत ओमप्रकाश खड्काले र सार्वजनिक सेवा प्रवाहबारे प्रमुख प्रशासकीय अधिकृत चौहानले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा सुझावहरु ‍औंल्याईएको छ ।

सुझावहरुमा नागरिक वडापत्रमा उल्लेख भएअनुसार समयमा सेवाप्रवाह हुनुपर्ने, विपन्न वर्गका लागि छुट्याइएको सेवा प्रयोग गरेको थाहा गाउँबासीलाई दिनुपर्ने, उजुरी पेटिका उपयोग बढाइनुपर्ने, गाउँपालिकाको आम्दानी र खर्च बाहिर सूचना पार्टीमा टाँस गर्नुपर्ने, गाउँपालिकाबाट आचार संहिताको पालना गर्नुपर्नेलगायत रहेका छन् ।

त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो । सुधार गर्नुपर्ने विषयहरुमा सडक निर्माणमा सुधार गर्नुपर्ने, स्थलगत निरीक्षण गरी अतिआवश्यक ठाउँमा बजेट विनियोजन गर्नुपर्ने, व्यक्तिगत सहयोग पुग्ने ठाउँमा बजेट विनियोजन गर्न नहुने, महिला सचेतना कार्यक्रम गर्नुपर्ने, स्वयम् सेविकाको निशुल्क वीमा गर्नुपर्ने, कृषि र पशु शाखामा समेत कर्मचारी नियमित उपस्थित हुनुपर्ने, फोटोकपी गर्ने सहज ठाउँको व्यवस्था गर्नुपर्ने,  कार्यालय परिसर सरसफाई गर्नुपर्ने, कागजपत्र मिलाउन साह्रै लफडा हुन्छ, सुधार गर्नुपर्ने, योजनाको काम निश्पक्ष हुनुपर्ने, जाँडरक्सी निशेधित गाउँपालिका बनाउनुपर्ने, सहज र सरल रुपमा सेवा प्रवाह हुनुपपर्ने, दक्ष कर्मचारी नियुक्त हुनुपर्ने, विकास निर्माण र बजेटिङ समानुपातिक र समावेशी रुपमा गर्नुपर्नेलगायतका विषय औंल्याइएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडसयो नेपालवाणी एफएम ९४.९ मेगाहर्ज इलाम र नयाँ बुलन्दको अफिसियल फेसबुक पेज नयाँ बुलन्द बाट भएको थियो ।

माङसेबुङ गाउँपालिकाले चालु आवमा यसअघि गएको ३१ वैसाखमा एक पटक सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।

नागरिक प्रतिवेदन हेर्न यहाँ नागरिक प्रतिवेदन क्लिक गर्नुहोस् :

बहिर्गमन प्रतिवेदन हेर्न यहाँ बहिर्गमन नतिजा क्लिक गर्नुहोस् :

सवाल जवाफ हेर्न यहाँ सवाल जवाफ क्लिक गर्नुहोस् :

भिडियोहरु हेर्नुहोस् :

सेवाग्राही सुवास बस्नेतको प्रश्न हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सेवाग्राही भूमिका खड्काको प्रश्न हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सेवाग्राही निर्मला निरौला कार्कीको प्रश्न हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सेवाग्राही रेवतकुमार श्रेष्ठको प्रश्न हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सेवाग्राही ठाकुर गड्तौलाको प्रश्न हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सेवाग्राही आइन्द्र योङहाङको प्रश्न हेर्न यहाँ क्लिक गर्नुहोस् ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाको जवाफ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार राईकोजवाफ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानको जवाफ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको जवाफ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

गाउँपालिका अध्यक्ष हेमन्त राईको जवाफ भाग-१ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

गाउँपालिका अध्यक्ष हेमन्त राईको जवाफ भाग-२ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

गाउँपालिका अध्यक्ष हेमन्त राईको जवाफ भाग-३ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानको प्रतिवद्धता मन्तव्य हेर्न यहाँ क्लिक गर्नुहोस् । 

गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको प्रतिवद्धता मन्तव्य हेर्न यहाँ क्लिक गर्नुहोस् । 

गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रतिवद्धता मन्तव्य हेर्न यहाँ क्लिक गर्नुहोस् । 

कार्यक्रमको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

कार्यक्रमका तस्विरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार