फाकफोकथुम गाउँपालिका १ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई शुक्रबार ठिङ्गेपुरमा सम्पन्न

इलाम : इलामको फाकफोकथुम गाउँपालकिा १ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार ठिङ्गेपुरमा सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमा सम्पन्न गरेको छ ।

फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा राजनैतिक दल, सामाजकि संघसंस्था, गैरसरकारी संस्था, उपभोक्ता समिति, सहकारी संस्था, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, आदिवासी जनजाति, महिला, दलित, बालबालिका, युवा, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवम् सबै लक्षीत वर्ग, नागरिक समाज, समाजसेवी, बुद्धिजीवि संचार जगतलगायत सेवाग्राही र सरोकारवाला वडाबासीलगायत ६० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कार्यक्रममा १२ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा टिकाराम निरौला, टेकवीर नेम्बाङ, कृष्णबहादुर लिम्बू, छविराज कार्की, बेगबहादुर निरौला, रामबहादुर बस्नेत, जनकप्रसाद गौतम, प्रर्मबहादुर निरौला, भोजबहादुर बोहोरा, भवनी बस्नेत, बिमला राई र गीता लिम्बूले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ वडा अध्यक्ष कर्णबहादुर लिम्बू, वडा सचिव विनोद कार्की, प्राविधिक किसन लिम्बूलगायतले दिएका थिए ।

उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतविद्धता जनाए । वडाअध्यक्ष लिम्बूले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई अनुसरण गर्दै अघि बढ्ने प्रतविद्धता जनाए ।

कार्यक्रमको उदेश्यसहित स्वागत वडा सचिव कार्कीले गरेको कार्यक्रममा वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रतिवेदन वडाअध्यक्ष लिम्बूले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक अभमित प्रतिवेदन पत्र र ३० जनाको बहर्गिमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । नागरकि अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु ‍औंल्याईएको छ ।

त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने वषियहरु औंल्याइएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो  ।

योसँगै फाकफोकथुम गाउँपालिकाको सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले फाकफोकथुमले वडावडामा सार्वजनकि सुनुवाई गरेको गाउँपालकिाले जनाएको छ ।

सार्वजनकि सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शीता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनकि सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार