विराटनगर : कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै पहिचान पक्षधरले विराटनगरमा साकेला र च्याब्रुङ नाचेका छन् ।
शुक्रबार रोडशेष चोकमा किराँत समुदायले साकेला र लिम्बु समुदायले च्याब्रुङ नाचेका हुन् ।
गत फागुन १७ गते प्रदेशसभाले भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर दल र जातीय संस्था आन्दोलित छन् ।
शुक्रबार किराँत धर्मावलम्बीको उभौली पर्वको अवसरमा मुख्यमन्त्री कार्यालय नजिकै रोडशेष चोकमा साकेला र च्याब्रुङ नाचेका हुन् ।
साकेला र च्याब्रुङ नाचेका पहिचान पक्षधरले प्रदेशको नाम पहिचानका आधारमा पून नामाङकन गर्न माग गरे ।
किराँत राई यायोख्खा, किराँत याख्थुम चुम्लुङले साकेला र च्याब्रुङ नाच्दै पहिचान पक्षधरको माग सम्बोधन गर्न आग्रह गरे ।