प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्वारा क्यान्सर पीडित बिमारीलाई एक लाख बढी सहयोग

  बालकृष्ण बस्‍नेत
448 Shares

माङसेबुङ : प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाले इलाम माङसेबुङका क्यान्सर पीडित बिमारीलाई आर्थिक सहयोग गरेको छ ।

कमजोर आर्थिक स्थिति भएका क्यान्सर बिमारी माङसेबुङ गाउँपालिका २ इभाङकी शोभा कार्की (बालकुमारी) को परिवारलाई जनसम्पर्क मञ्च एक लाख सात हजार पाँच सय रुपैयाँ सहयोग गरेको हो।

सोमबार इलामको माङसेबुङ गाउँपालिकामा आयोजित कार्यक्रममा जनसम्पर्क मञ्चले गाउँपालिकाको रोहबरमा बिमारीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

जनसम्पर्क मञ्चका पूर्वसचिव डिबी खत्रीले बिमारीका बाबु निरबहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

जनसम्पर्क मञ्च मलेसियाले ईलामका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । जनसम्पर्क मञ्चले भर्खरै इलामका १० वटै स्थानीय तहका विद्यालयमा १० हजारका दरले शैक्षिक सामाग्री हस्तान्तरण गरेको खत्रीले बताए ।

शोभा केही महिनायता ब्लड क्यासर भई उपचार गराईरहेकी छन् ।

उपचारका लागि मोटो रकम लाग्ने भएपछि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुटाई उपचार गराईरहेको बिमारीका बाबु निरबहादुरले बताए ।

बिमारीको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको जानकारी चिकित्सकले दिएको बताउँदै बिमारीका भाई प्रकाश कार्कीले दिदीको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार