विश्व पर्यटन र तीन वर्षे कोरोना काल

  निनाम लोवात्ती
77 Shares

निनाम लोवात्ती

लगभग तीन वर्षअघि जति वेला नेपालको छिमेकी देश चीनबाट सामान्य भाईरसका रुपमा पैmलन सुरु भएको भाईरल रोग नोभेलकोरोना भाईरस (कोभिड-१९) ले विस्तारै व्शिवव्यापी महामारीको रुप लिएर पैmलियो, त्यसले विश्व अर्थतन्त्रलाई विस्तारै ‘डाँवाडोल स्थिति’मा पुर्उला भन्ने मै हुँ भन्ने ठूला देशका कुनै पनि सरकार प्रमुख तथा राष्ट्र प्रमुखहले सोचेका थिएनन् । हुन पनि कतिसम्म भयो भने, कोभिड-१९ पैmलन सुरु भएपछि विश्वको समग्र अर्थतन्त्र र अर्थ व्यस्थामा महत्वपूणर् योगदान पुर्याउँदै आएको पर्यटन उद्योग त ९६ देखि ९८ प्रतिशतले चल्नै नसक्ने अवस्थामा पुग्यो । यसरी नोभेलकोरोना भाईरस (कोभिड-१९) ले विस्तारै विस्तारै विश्वव्यापी महामारीको रुप लिएपछि तत्कालै विभिन्न देशका सरकार प्रमुखहरुले एक देशबाट अर्को देश जान (हवाईजहाज, रेल, बस, कार, जिप आदि यात्रामाथि) प्रतिवन्ध लागाउन थाले । जसले गर्दा हवाई यातायात क्षेत्र र होटल क्षेत्रले नराम्रोसँग मार खानु पर्यो । यसरी हेर्दा हेर्दै विश्व नै एक किसिमले सुन बन्न पुग्यो ।

भलै त्यो वेलाका केही देशका उग्र राष्ट्रवादी नेता तथा सरकार प्रमुखहरु चाहिँ ‘नोभेल कोरोनाभाइरस’ (पछि कोभिड-१९ नाम दिईएको) लाई ‘यो पनि केही होइन, सामान्य भाईरस हो यो चाँडै हट्छ’ भनी मनगढन्ते ढंगले ‘अन्डर-ईस्टिमेट’ गरिरहेका थिए । तर, ‘नोभेल कोरोनाभाइरस’ तत्काल हटेर जानुको सट्टा झन्झन् पैmलँदै गएर विश्वव्यापी महामारीको रुप लियो । त्यसको लगभग तीन वर्षमा बल्ल ‘नोभेल कोरोनाभाइरस’ले विश्राम लिएको हो कि त , भन्ने संकेत गर्दैछ । हुनत अहिलेसम्म (तीन वर्ष पूरा हुँदा पनि) विश्व स्वास्थ्य संगगठन (डब्लुएचओ) ले नेभेलकोरोना ‘(कोभिड-१९) फ्री’ महामारीबारे यसै हो भनी मुख खोलेर केही बोल्न नसकेको अवस्था छ । त्यसैले अभैm पनि हामीले यो समयलाई ‘कोरोना महामारी’काल नै भन्नुपर्ने हो कि ? जस्तो लाग्छ । खासमा सन् २०२२ मंंै विश्वलाई ‘(कोभिड-१९) फ्री’ भनी घोषणा गर्ने कि ? भनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बहस र छलफल पनि गरेको हो । तर, डबलुएचओले सो सम्बन्धमा तत्कालै निणर्य गर्न सकेन ।

यसरी अहिलेसम्मको तथ्यांक हेर्दा विश्वमा हाल ७५ करोड ८३ लाख ९० हजार ५६४ जनामा (कोभिड-१९) देखिएको छ भने, ६८ लाख ५९ हजार ९३ जनाले (कोभिड-१९) का कारण आप्mनो अमूल्य जीवन गुमाएका छन् । माथिको डाटा सन् २०२३ को मार्च आठ तारिखसम्मको हो । यो तथ्यांकको स्रोतः डब्लुएचओ रहेको छ । त्यस्तै हालसम्म विश्वका विभिन्न देशमा जम्मा एक लाख ७६ हजार १७४ जनामा (कोभिड-१९) का कारण विरामी अवस्थामा ररेका छन् भने, पछिल्लो दिनमा २० (यो लेख्दा को समय दि २०७९ फागुन २५) जनाको (कोभिड-१९) का कारण मृत्यु भएको तथ्यांक रहेको छ । स्रोतः ‘वोल्र्डोमिटर’ । त्यसैले अब यो भाइससँग लड्ने क्षमता बढाउँदै हामीले बाँच्न सावधानी पूर्वक सिक्नुपर्ने देखिन्छ । किनभने, ‘नोभेल कोरोनाभाइरस’ अर्थात् (कोभिड-१९) विश्वबाट निमिट्यान्न भएर नजाने देखिन्छ । त्यसो भएकोले गर्दा हामीले यो भाइरससँग लड्ने क्षमता बढाउँदै बाँच्ने तरिकाहरु पनि नयाँ ढंगले अपनाउनुको विकल्प देखिदैन ।

हो, कोरोना महामारीका कारण सन् २०२० र सन् २०२१ मा विश्वव्यापी पर्यटन उद्योगका साथै नेपाली पर्यटन उद्योगमा पनि ठूले क्षति भएको थियो । यसरी पर्यटन उद्योगमा भएको ठूलो पैमानाको क्षतिका बारे केही लेख्दै छु । सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण-पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (पछि कोभिड-१९) ले जसरी विश्वव्यापी रुपमा महामारीका रुपमा पैmलन सुरु भयो, त्यसले विश्व पर्यटन क्षेत्रमा खर्बौ-खर्ब डलरको क्षति भयो भने, मूल्य तोक्न नसकिने मानव पुँजीको पनि ठूलो क्षति हुन पुग्यो । विश्वमै मूर्दा शान्तिको स्थिति छायो । फलतः विश्व पर्यटनमा सोच्दै नसोचेको स्तरमा ‘डाउन-फल’ भयो । बल्ल सन् २०२३ मा आएर विश्व पर्यटन क्षेत्रमा ‘अप-राईज’ सुरु भएको संकेत मिल्दै छ । हुनत, सन् २०२२ मै नौ सय मिलियन अर्थात् ९० करोड पर्यकटहरु विश्व भ्रमण गर्न निक्लेका थिए । जबकि सन् २०२१ मा केवल ६६७ दशमतलब ७३ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए भने, सन् २०२० मा झनै कम अर्थात चार सय १५ मिलियन पर्यटकले मात्रै विश्व भ्रमण गरे । हो, तथ्यांक हेर्ने हो भने, सन् २०१९ मा एक दशमलब पाँच बिलियन पर्यटकहरु विश्व भ्रमण गर्न निक्लेका थिए ।

नेपालमा पनि सन् २०१९ मा नेपालको पर्यटन इतिहासमा हालसम्मकै धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । स्मरणीय छ, सन् २०१९ मा (झण्डै १२ लाख) ११ लाख ९७ हजार १९१ जना विदखेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने, सन् २०२१ मा त केवल एक लाख ३१ हजार विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । तर, सन् २०२२ मा छ लाख १४ हजार १४८ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । नढाँकन भन्नु पर्दा सो संख्यालाई नेपाली पर्यटन व्यवसायीहरुले अपेक्षा नै गरेका थिएनन् । जे भए तापनि अब हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या कसरी बढाउने ? भन्ने विषयका साथसाथै उनीहरुको नेपाल बसाई अवधि र नेपाल बसाईको क्रममा गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढोत्तरी गर्न सकिन्छ ? भन्ने सम्बन्धमा पनि हामीले विचार-मन्थन सुरु गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार