इलाम : आज फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले २८ औं जनयुद्ध दिवस भब्यताका साथ मनाएको छ ।
जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रका कार्यकर्ताहरुले इलाम चोक बजारमा दिप प्रज्वलन गरेका छन् ।
माओवादी केन्द्र इलाम नगर कमिटि, योङ कम्युनिष्ट लिग (वाइसीएल) र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा सोमबार दिप प्रज्वलन गरेका हुन् ।
जनयुद्ध दिवसको अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धा र घाइतेहरुको सम्मानमा दिप प्रज्वलन गरेका हुन् ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ कमिटि सचिवालय सदस्य एवं इलाम जिल्ला सहइन्चार्ज सोम माया राइ (सिन्धु) ले जनयुद्धको महत्त्व र आवस्यकता प्रष्ट्याउँदै जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिइन् ।
माओवादी केन्द्र इलाम नगर कमिटी कार्यवाहक अध्यक्ष एवं वाइसीएल केन्द्रिय सचिवालय सदस्य विक्रम लिम्बूसहित माओवादी केन्द्रका प्रदेश, जिल्ला, इलाम नगर कमिटिका नेता, युवा तथा विद्यार्थीका नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।
यस्तै देउमाई नगरपालिकामा समेत दिप प्रज्वलन गरी माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ ।
२८ औं जनयुद्ध दिवसका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको थियो ।