एक नम्बर प्रदेशको नामः पहिचानमा आधारमा रहला ?

  निनाम लोवात्ती
406 Shares

निनाम लोवात्ती

केही समयअघि प्रदेश नम्बर १ का वर्तमान मुख्यमन्त्री माननीय हिक्मतकुकमार कार्की ज्युले १ नम्बर प्रदेशको नाम पहिचान झल्किने गरी नामांकरण हुने भनी सार्वजनिक रुपमा बोल्नु भएको छ । सो कुरो झापाको दमकमा आयोजित एक कार्यक्रममा बताउनु भएको हो । तर, कस्तो खालको पहिचान झल्किने गरी प्रदेश नम्बर १ को नामांकरण हुने हो ? सम्बन्धमा चाहिँ माननीय मुख्यमन्त्री कार्की ज्युले मूर्त ढंगले खुलाउनु भएको छैन । हुन पनि १ नम्बर प्रदेशले विगतको आप्mनो कार्यकाल नामकै कारण प्रदेश नम्बर १ को नाम नै राख्न नसकी कार्यकाल सकिएको हामी सबै सामू ताजै रहेको छ ।

हुन पनि पहिचानवादीहरुले १ नम्बर प्रदेशको नाम कम्तिमा पनि ‘किरात प्रदेश’ हुनुपर्ने भनी माग राखेका थिए भने, राज्य पक्षका राजनीतिक दल र तिनका अनुदारवादी नेता, कार्यकर्ता, बुद्घिजीवी, लेखक, पत्रकार तथा पत्रपत्रिका एवम् अन्य मिडियाले भने १ नम्बर प्रदेशको नाम ‘कोसी’, ‘सगरमाथा’ वा ‘सगमाथा-कोसी’ अथवा ‘कोसी-सगरमाथा’ राख्नुपर्ने भनी चट्टानी अडान लिएका थिए । यसरी हेर्दा साह्रै लाजमर्दो किसिमले पाँच-पाँच वर्षसम्म पनि आप्mनो प्रदेशको नामसमेत राख्न नसकी १ नम्बर प्रदेशको कार्यकाल सकिएको थियो । खास गरी प्रदेशको नामम के राख्ने ? भन्ने सम्बन्धमा छलफल भई पारित हुन प्रदेशसभाको दुई तिहाई माननीय सदस्य ज्युहरुको बहुमत चाहिने हुनाले प्रदेश नम्बर १ का माननीय मुख्यमन्त्री हिक्मतकुकमार कार्की ज्युले भन्नु भएझैँ १ नम्बर प्रदेशको नाम ‘पहिचान झल्किने गरी !’ नामांकरण नहुने संभावना धेरै छ ।

हुनत केवल जातीय नाम मात्रै नभएर प्राचीन इतिहास समेत बोकेको बृहत् रुपको ‘किरात’ नाम समेत स्वीकार्न नसक्ने अनुदारवादी कामरेडहरुसँग पहिचानवादी भनिने हामीहरुले गर्न सक्ने बाँकी केही छैन । तापनि ‘सगरमाथा-किरात’ अथवा ‘कोशी-किरात’ नाम राखौं न त ! भनी अन्तिम विकल्प सोच्ने हो कि ? यस विषयमा सन्निकट आउन लागेको प्रदेश नम्बर १ को हिउँदे अधिवेशनमा १ नम्बर प्रदेशका सबै राजनैतिक दलका माननीय ज्युहरुले सहमती जनाउनु होला कि ? हुनत ‘किरात प्रदेश’ नाम राख्दा उत्तम हुने थियो । किनभने, ‘किरात’ नामले केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरिएको अर्थमा नभएर समग्र विश्वकै प्राचीन इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन महाजाति आदिलाई पनि स्वीकारिएको ठहर्ने थियो । तर…


जनकलाल शर्माले किरातहरुका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबमा ‘नौलाख किराँत’ उपशीर्षकमा ‘-हड्सन महोदयका अनुसार किराँतीहरुको प्रमुख शाखालाई खम्बु भनिन्छ । यिनीहरुको बसोवास भएको प्रदेशलाई कुनै समय ‘नौलाखकिराँत’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्- “यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाईन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।” यसको उल्लेख प्mिलट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । संभवतः यो कर गोरखालीहरुको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो …।’ भनी उल्लेख गरेका छन् । आज आएर हेरौं त ! ऊ वेलै ‘नौ लाख किरात’ भनी उल्लेख भएका ‘किरात-किराती’हरु कतै भविश्यमा गएर मिथकमा मात्रै सीमित हुने हुन् कि ? प्रश्न निक्कै गम्भीर छ ।

हुन पनि के भनिन्छ भने, किरात सभ्यता विश्वकै सबैभन्दा पूरानो सभ्यतामध्ये एक हो । यो कुरोलाई विश्वका प्रायः सबै विद्धत वर्ग, अनुसन्धाकर्ता, अन्वेषक, इतिहासकार, खोजकर्ता, लेखक आदिले पनि स्वीकारेका छन् । इतिहासकारहरुका अनुसार किरात अथवा किरातीहरु ब्रह्मपुत्र र गंगा (गोङवा) नदी र यसका शाखा नदीको आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको ठूलो भू-भाग जस्तो कि दक्षिण एसिया, दक्षिण-पूर्व एसिया र मध्य एसियामा किरात-किरातीहरु बसेका थिए । किरात-किरातीहरु कास्मिरदेखि पूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण-पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवर क्षेत्रदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म विशाल क्षेत्रमा पैmलिएका थिए भन्ने इतिहासकारहरुको भनाइ छ । साथै किरात-किरातीहरुको ऐतिहासिकता बारे विश्वकै प्राचनि मानिएको संस्कृत साहित्यहरुमा पनि प्रशस्तै चर्चा-परिचर्चा गरिएको पाईन्छ । वेद, पुराण, अथर्ववेद, वाल्मिकी रामायण, महाभारतहरु आदिलाई लिन सकिन्छ । जुन प्राचीन धार्मिक ग्रन्थहरुमा किराती राजाहरु र किराती जनताहरुको प्रशस्तै उल्लेख गरेको पाईन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरु ऋग्वेद, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज तथा, अनुसन्धान र विभिन्न अभिलेखहरुमा पनि किरात र किराती जातिको उल्लेख भएको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, ब्राह्मण, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विश्वका विभिन्न धर्म ग्रन्थहरु, प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकलाका साथै लोक कथाहरुमा पनि किरात र किरातीहरुका बारेमा प्रशस्तै चित्रण गरिएको, उल्लेख गरिएको पाइन्छ ।

एवम् रीतले किरात र किरातीहरुको वंशावलीका बारेमा ‘गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, राइटको वंशावलीअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता, ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए ।’ यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । हालको भारत र नेपालका भू-भागहरुमा नै पनि किरात-किरातहरुको अनेक संंप्रभु-सत्ता सम्पन्न राष्ट्रहरु अस्तित्वमा थिए भन्ने गरिन्छ । माथि नै एक प्रसंगमा भनियो, ’यसअघिको १ नम्बर प्रदेशको सरकारले नाम नै राख्न नसकी आप्mनो कार्यकाल पूरा गर्यो । हो, अघिल्लो कार्यकालमा १ नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा ‘तात-तातो र गरमा-गरम बहस एवम् छलफलहरु भए । त्यसरी बहस र छलफल गर्ने क्रममा एक पक्षले ‘अरुण, बरुण, सुनकोसी, अरुण-कोसी, कोसी-किरात, सगरमाथा-कोशी, सगरमाथा-किरात, किरात-कोशी, किरात-सगरमाथा, सुनकोसी-सगरमाथा, मेची-कोसी-सगरमाथा, कन्काई, पाथीभरा, हनुमाननगर, पूर्वाञ्चल, विराट’ आदि नाम राख्नुपर्ने भनी वकालत गरेका थिए भने, अर्को पक्षले चाहिँ ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात-खम्बुवान’, ‘किरात-लिम्बुवान’ ‘किरात-लिम्बुवान-कोचिला’ वा कोचिला’ अथवा ‘किरात’ नाम राख्नुपर्ने भनी आवाज उठाएका थिए । तर, प्रदेश १ को नाम पहिचान आउने ढंगले ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात-खम्बुवान’, ‘किरात-लिम्बुवान’ ‘किरात-लिम्बुवान-कोचिला’ वा कोचिला’ अथवा ‘किरात’ राख्नुपर्ने भन्नेहरुको आवाज साह्रै मसिनो स्वरमा सुनिन्थो । त्यसो हुनुमा नेपालका मूलधारका भनिने मिडियाहरुले साथ नदिनु पनि प्रमुख कारण रहेको थियो ।

यसो सुन्दा प्रदेश नम्बर १ को नाम लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात-खम्बुवान’, ‘किरात-लिम्बुवान’ ‘किरात-लिम्बुवान-कोचिला’ वा कोचिला’ सुन्ने बित्तिकै, पढ्ने बित्तिकै जातीय नाम जस्तो देखिने भएकोले ‘किरात’ नाम नै एक मात्र विकल्प रहेको देखिन्छ । किनभने, ‘किरात’ भनेको केवल एक जाति नाम मात्रै नभएर इतिहास हो,  aसभ्यता हो, ध र्म हो,  भूगोल हो,  महाजाति पनि हो भन्ने माथि नै एक प्रसंगमा लेखिएकै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार