इलाममा माइबेनी मेला : मकर संक्रान्ति(फोटो फिचर)

  नयाँ बुलन्द
406 Shares


इलाम : इलामको माइ र जोगमाई खोलाको संगमस्थल माइबेनीमा पाँचदिने मेला लागेको छ । परम्परागत रुपमा लाग्दै आएको माइबेनी मेलामा माघे संक्रान्तिमा मकर नुहाउने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।

आज विहानैदेखि माइखोलामा भाकल पुरा गरि पुजा आजा गर्ने भक्तजनहरु शिवालय धाममा पनि दर्शन गर्नका लागि व्यस्त देखिएका थिए । मेलामा स्थानीय कृषि उपज सुन्तला, उखु र अन्य उत्पादन विक्रि गर्न किसानहरुले ल्याउने गरेका छन् ।

माइवेनी मेलामा राती धान नाच समेत आयोजना गरिने गरिएपनि हिजोआज विरलै देख्न पाइन्छ । माइवेनी मेलामा नेपाल लगायत भारतको सिक्कीम, भुटान, दार्जिलिड, मिरिक लगायतका स्थानबाट समेत मेला भर्न भक्तजनहरु आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार