विप्लव विरुद्धको हमला र आगामी समय

  सुमनसिंह सि
112 Shares

सुमनसिंह सि

देशमा एकातर्फ दलालहरुको हालीमुहाली बढ्दो क्रममा रहनु, जनताको पक्तिमा उकुस मुकुस मडारिनु, ठूलो विद्रोहको आवश्यकता र सम्भावना देखिनु तर विद्रोहलाई नेतृत्व प्रदान गर्नुपर्ने क्रान्तिकारी पार्टीले आन्दोलनलाई विकास गर्ने ठोस र मुर्त पहल लिई नहाल्नुले यतिबेला जनता र कतिपय पार्टीकै सदस्यहरु समेत के हुने हो त ? भन्ने प्रश्नसँगै आआफ्नै धारणा बनाउँदै कतै निराश र कतै उत्साहित भएको पाईएको छ । जनताले देख्ने र बुझ्नेगरी योजना र हाम्रा कार्यक्रमहरुको संम्प्रेशण र कार्यान्वयनमा हाम्रा अपुगताहरु रहन पुगेका छन् जसकारण यो स्वभाविक पनि छ । तर यो निराश होईन उत्साहित हुने समय हो । किनकी यतिबेला पुरानो सत्ता संकटग्रस्त छ, यसलाई टिकाउन प्रयत्नशील कम्युनिष्ट नामधारी र गैरकम्युनिष्ट पार्टीहरुमा संकट पैदा भएका छन् र यसलाई भत्काउँछौ भन्ने क्रान्तिकारी पार्टीहरुमा यहि समयमा समस्याहरु देखिएका छन् ।

क्वान्टम भौतिकीले यो सहमति दिन्छ कि कण र तरङ्ग द्धैधताको एकैसाथ स्थान र गतिको मापन गर्न नसकिए जस्तै, आफ्नै गतिविधी गर्दै आएका, एकअर्कामा टकराईरहेका यी भिन्न राजनैतिक प्रवृतिको निश्चितताको मापन गर्न सकिदैन । यसलाई यसरि लिन सकिन्छ कि स्थान र गतिका हिसाबले अनिश्चयमा रहेका सबै राजनैतिक प्रवृतिहरुको सामाजिक परिघटनामा रणनितीक संघर्ष पुँजीवाद कि वैज्ञानिक समाजवाद भन्नेमा नै छ । तर यसलाई सचेततापूर्वक पँंजिवादीहरुले तोड्न मोड्न खोजिरहेका छन्, जसकारण अनिश्चयताको बावजुत पेचिलो संघर्ष पनि चलिरहेकै छ । जहाँ तरंङ्ग हुन्छ त्यहाँ तरङ्ग समिकरण हुनै पर्दछ, न्युक्लियस केन्द्र वरिपरि घुम्ने इलेक्ट्रोन कक्षमा इलेक्ट्रोनको सम्भावित स्थान पुर्वानुमान गर्न सकिए जस्तै वैज्ञानिक समाजवादमा आकर्षित हुने विशाल तरङ्ग यसको वरिपरि घुमिरहेको र यसले पुँजीवादलाई ध्वस्त गर्न ध्रुवीकरण पैदागर्ने कुराको पुर्वानुमान गर्न सकिन्छ । यसले आन्दोलनको आँधी निकट भबिष्यमा निम्त्याउने कुरामा कुनै शन्देह छैन । यो कुरामा पंक्तिकार विश्वस्त छ कि आगामी समय उथलपुथलको हुने छ ।

सामाजिक चेतना उत्पादन सम्बन्धको उपज हो । आजको उत्पादन सम्बन्धमा क्वान्टम मेकानिक्सको मुख्य प्रभाव छ । मानवीय चेतनाहरु क्वान्टम दुनियाहुँदै कृतिम वौद्धिकता (एआई) तर्फ दौड लगाईरहेको छ । समाजको उपरीसंरचनामा उल्लेख्य बदलाव आएको छ । पुँजीवादले गर्ने शोषणको तरिकाहरु बदलिएका छन् । साम्यवादीहरुले पनि पुँजीवादी शोषणबाट छुटकारा प्राप्त गर्ने तरिकाहरु खोज्नुपर्ने, तरिकाहरु बदल्नुपर्ने आवश्यकता पैदा भएको छ । आजको पुँजीवादलाई परास्त गर्न एकिकृत जनक्रान्तिले समाजका बिभिन्न साखाहरुमा ट्रान्जिस्टर फिट गर्नुपर्ने स्थिीति बनेको छ । त्यो ट्रान्जिस्टरमा क्वान्टम मेकानिक्सको छवि प्राप्त गर्न सक्नुभयो भने तपाईले एकिकृत जनक्रान्तिलाई बुझ्नु भयो ।

यिनै सारहरुलाई पकड्दै समाजको आजको चेतनालाई क्रान्तिको पक्षमा परिचालित गर्न हाम्रो पार्टीले गरेको शंश्लेषणलाई समेत विभिन्न आरोपहरु लगाउँदै क्रान्तिलाई समेत अनिश्चितताको विषय बनाईयो भनेर जनतालाई भ्रमित गर्ने रुन्चे प्रयासहरु भईरहेको पाईएको छ । यिनै कुराहरुलाई टिपोट बनाएर महासचिव विप्लव विरुद्धका पागल प्रलापहरु जारी छन् । यस्ता प्रयासहरु यो भन्दा अगाडीका समयहरुमा पनि हुँदै आईरहेकै थिए ।  तर, यो बुझ्न जरुरी छ कि आजको लडाई पुँजीवाद विरुद्ध साम्यवादकै हो यहाँ सार्वभौम रुपमा रहेको विज्ञान र यसको उत्पादन सम्बन्धमा रहेको प्रभाव र बनेको सामाजिक चेतनालाई परिचालन गर्ने बाटो पत्ता लगाईएको मात्र हो । अर्थात् परिस्थितिको अनिश्चितता भित्रै हामीले रणनीतिक निश्ििचतता प्राप्त गर्नेछौं-त्यो साम्यवाद हो । यसको निम्ति हामीले एकिकृत जनक्रान्तिलाई ठिक ढंगले बुझ्न र लागु गर्न एक कसर पनि बाँकी राख्न हुँदैन ।

यतिमात्रै पनि होईन पार्टी आन्दोलन विरुद्ध भैरहेका चौतर्फी घेराबन्दी, सड्यन्त्र र अमेरीकन दलालहरुको हमलालाई मलजल गर्न र उकास्न पार्टी भित्रै जन्मिन पुगेका लिन प्याओवादीहरु, दिमाग सन्तुलित नभएका उटपट्याङ भ्रान्तिवादीहरुले र्याल सिंगान काडेर महासचिव विप्लव र एकिकृत जनक्रान्ति विरुद्ध निरन्तर जारी राखेका फोस्रा हमलाहरुले पनि जनताको पंक्तिलाई सिंगो आन्दोलन प्रति केहि हदसम्म भ्रमित गर्ने काम गर्यो । यसले उनिहरुको बहुला आत्मारतीमा केही हलुका हावा पक्कै दिएको होला तर उनीहरुको धरातलमा रातो होईन कहिलै उक्सन नसक्ने सड्यन्त्रका गहिरो र कालो खाडल परेको देशभतिm र कम्युनिष्ट दृष्टिकोणप्रति स्पष्ट एउटा नागरिकले सहजै ठम्याउन सक्छ । यसले क्रान्तिको होईन प्रतिकृयावादी कुपमण्डुकहरुका षड्यन्त्रहरुलाई उल्लेख्य मद्धत पुर्याउने काम गरेको छ ।

दलाल सत्ताले भिषण दमन गरेकोबेला जनतालाई यो बलिदान गर्न सक्ने पार्टी हो भनेर चिनाउनु पर्ने समय विभिन्न वाहाना बनाएर भागेका भगौडा, काठमाण्डौका गल्ली चाहारेर गुजारा गर्ने, ठुलाठुला क्रान्तिका गफ हाँक्दै पार्टीको नाम बेचेर धनकुवेर बन्दै आएका एक हुल हुतिहाराहरुको साहारामा अलग पार्टी बनाउने र यो देशमा क्रान्तिको ढोङ्ग पिट्ने एक दुई पुर्व नेताहरुको बुद्धि देखेर त झन लाज र दया लागेर आउँछ । यस्ता कार्टुन अखबारहरु वास्तवमा यो देश र कम्युनिष्ट आन्दोनमा विकसित हुँदै आएका सबै भन्दा ठुला रोग हुन, जसको उपचार भने सामन्य छ जो हाल समयलाई छाड्न नै उपयुतm हुनेछ । त्यसैले, पागलहरुको एउटा झुण्डको चित्कारले काठमाण्डौंका सडकलाई फोहोर पारिरहेको छ-उनीहरुलाई याद होस एक दिन त्यो फोहोर आफंै साफ गर्नुपर्ने छ, जतिबेला उनीहरुसँंग फोहोर साफ गर्ने समय नहुन सक्छ । किनकि आज उनका यी व्यवहारहरु क्रान्तिका प्रतिकुल छन्, साम्राज्यवादीहरु हाँस्ने र रमाउने खालका छन् ।

देशमा यतिबेला जनताले यो पुँजीवादी संसदीय व्यवस्थाबाट विकल्प खोजेका छन् । अमेरीकन दलालहरुले सुविचारित ढंगले मुख्य वहस वैज्ञानिक समाजवाद कि संसदीय पुँजीवाद भन्ने विषयलाई गुमारोहमा पार्न विभिन्न चालहरु चल्दै आईरहेको छ । पछिल्लो चाल रबि लामिछाने, सिके राउत, र कंग्रेस संसदीय दलको नेतामा पराजित हुने जान्दा जान्दै गगन थापालाई स्थापित गर्न गरिएको प्रयास आदी हुन । हामिले संचालन गरेको आन्दोलन र सरकारँंग भएको तिन बुँदे सहमति भित्र हामीले शान्तिपूणर् तवरले नै रणनीतिक बहसलाई आमने सामने गर्न सक्छौं वा प्रयत्न गरेर हेर्नु पर्छ भन्ने हाम्रो ध्यय थियो । हाम्रो पार्टीका महासचिवको छलफल, हाम्रा प्रयत्नहरु र देशैभरि चलेको बहसले एउटा तरङ्ग आईरहेकै थियो । सरकार तिन बुँदेलाई कार्यान्वयन गर्नुको साटो हाम्रो आन्दोलनले पैदा गरेको बललाई मथ्थर गर्दै आफ्ना दलालहरुलाई अगाडी सारेर नेपाली जनतालाई भ्रमित गर्ने अमेरीकी स्वार्थको कठपुतलि बनिरह्यो । यसले राजनितीक तवरले हामिले शान्तिपूणर् रुपमा खोजेको समाधानको विधिलाई धेरै परको विषय बनाईदिएको छ । मुख्य कुरा राजनीतिक कुरा नै हो, हामी माथि थोपरिएका झुट मुद्धा राजनितीक मुद्धा भन्दा अलिकति कम महत्वका विषय हुन् । अमेरिकी स्वार्थमै हौसिदैँ आएको सरकारको वयवहारले स्पष्ट गरेको छ कि तिन बुँदेको औचित्य समाप्त भईसकेको छ । अब कि त सरकारले वा हाम्रो पार्टीले यो सहमतिको औचित्यता नरहेको घोषणा गर्नुपर्ने छ ।

अमेरिकन स्वार्थ अनुसार नै प्रचण्डलाई रातारात प्रधानमन्त्री बनाईएको छ । अहिलेको सरकारले अमेरिकी स्वार्थ अनुसार काम गरिदिनु पर्ने छ । एमसिसि, एसपिपि लाई नेपालमा लागु गर्नु नै अमेरिकाको मुख्य काम हो । यिनै कामहरुद्वारा नेपालमा संसदवादी कम्युनिष्टलाई समेत बदनाम गरेर सक्ने र त्यही कभरमा अमेरीकन स्वार्थमा संचालित योजना विरुद्ध संघर्ष गरिरहेका सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई समेत बदनाम गर्ने, दमन गर्ने यस्तो योजना अगाडी बढाउन सक्ने देखिन्छ । सरकार भित्रैबाट सरकारको विरोध गराउने, कार्यकारी राष्ट्रपतिको विषयलाई उचाल्ने, संघीयता खारेजीको मागलाई चर्काउने, राजाको मुद्धा उचाल्ने, मधेसका मुद्धाहरु समेत उचाल्ने र एउटा कृतिम आन्दोलन खडा गर्ने र त्यही आन्दोलन मार्फत कार्यकारी राष्ट्रपतिको नाममा भ्लादिमीर जेलेन्सिकीको जन्म गराउने र सत्ताको चाबि आफ्नै हातमा राख्दै निर्वाध रुपमा नेपालमा अमेरीकीहरुले परेड खेल्ने योजनाको समेत पुर्वानुमान गर्न सकिन्छ । यसो गर्दा अहिले महासचिव विप्लवको विरुद्धमा घाँटीको नसा फुलाई फुलाई बोल्नेहरुको, अर्थात केहीको राष्ट्रपतिमा उठ्ने सपना पनि पुरा हुन सक्छ । अहिले नेपालमा रहेको व्यवस्था बारेको मुख्य बहसलाई मोड्न सकिने र क्रान्तिकारी पंक्तिलाई नामेट गर्न सकिने मात्रै होईन नेपालबाट कम्युनिष्ट नामको बिउ नै मास्न समेत सफलता मिल्न सक्ने बिषयलाई अमेरिकीहरुले नहेरी बसेका होलान् भनेर मान्न सकिन्न ।

आजको लंडाई मुख्य गरेर अमेरीकी स्वार्थ विरुद्धकै लंडाई हो । नेपालका देशभतm, प्रगतिशील, सच्चा लोकतन्त्रवादी र क्रान्तिकारीको बिच वृहत ध्रुवीकरण यतिबेलाको आवश्यकता हो । यो देशमा मात्र होईन आजको विश्व नै पुंजीवादी शोषणबाट छुटकारा पाउन चाहान्छ । यसको निम्ति लुटेरा पुंजिवादी आर्थिक प्रणालिको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य छ । वैज्ञानिक समाजवादी सत्ता स्थापनाको निम्ति सचेततापूर्वक लडिरहेको पार्टी नेपालमा हुनु र नेपालमा कम्युनिष्ट जनमत हुनु पुंजिवादी बिश्वको निम्ती चुनौति हो । उनिहरु यो चुनौति पन्छाउन चाहान्छन् । उनिहरु यसको निम्ती क्रान्तिकारी पतिmंलाई फुटाउने, कम्युनिष्ट नामलाई समेत बदनाम गर्ने, कम्युनिष्ट नेत्रित्वलाई बदनाम गर्ने, समाजलाई भांड्ने यस्ता गतिविधि गर्न तल्लीन हुन्छन् । नेपालमा आज उनीहरु यस्तै गतिविधि गरिरहेका छन् । एमसिसि, एसपिपि नेपालमा लागु हुने अमेरिकी सत्ता हो, उनीहरु यो सत्तामार्फत नेपाललाई लुट्न र पुंजिवादको आयु बढाउने आफ्नो प्रोजेक्टलाई संचालन गर्दै छन् । यसको विरुद्ध नेपाली जनताले राष्ट्रिय सधिनताको संघर्ष संचालन गर्नुपर्ने छ । र आफ्ना दुखहरुबाट मुतm हुनलाई घनिभुत वर्ग संघर्ष संचालन गर्नु पर्ने छ ।

आजको नेपालमा दलाल पुंजिवादी संसदीय सत्ता र यसका गोटी संसदवादीहरुलाई ध्वस्त गर्ने संघर्षको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गरिरहेको छ । देश र जनताको पक्षमा निर्भीकतापूर्वक लडिरहेको पार्टी र नेतृत्व विरुद्ध भयानक षड्यन्त्रहरु भईरहेका छन् । विचारमा, राजनीतिमा, संघर्षमा, संगठनमा, आर्थिकलगायत विभिन्न क्षेत्रहरुबाट नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्व विरुद्ध बाहिर, भित्र सबै क्षेत्रहरुबाट हमलाहरु जरी राखिएको छ, भित्रैबाट हमलाहरु गराईएको छ । ति हमलाहरु निक्कै निकृष्ट र आपराधिक थिए । एकदिन जनताको अदालतले सबै विषयको फैसला लिनेछ । हाम्रो पार्टीको नवौं महाधिवेशले गरेका शंष्लेषणहरु यो युगलाई नेतृत्व दिने दार्शनिक हतियारहरु हुन् । एकदमै नयाँ कुरा यति सहजै यो आम जगतमा प्रष्ट हुने र सहजै बुझ्न सकिने विषय होईन । हाम्रो पार्टीले यसलाई व्यवहारिक प्रयोगमा लैजाने छ र यसका आम दार्शनिक मान्यताहरुलाई सबैले बुझ्ने र प्रयोगमा लैजान सक्ने बनाईने छ । यसमा हामी सबैले धर्यताूुर्वक, संयमता पुर्वक र धेरै सचेत भएर आफ्नो भूमिकाहरुलाई पुरा गर्नु पर्नेछ ।

उटपट्याङ गर्नु, दुईचार हतियार पड्काउनु, एक दुई घटना घटाउनु र क्रान्तिकारी रोमान्टिसीजम गर्नु क्रान्ति होईन यो आवेगात्मक अपराध हो । सिंगो देशलाई लड्ने बनाउनु र परिस्थिीतिलाई आफ्नो पहलमा लिंदै जनताको सत्ता बनाउनु क्रान्ति हो । र, त्यो काम एकिकृत जनक्रान्तिले गर्ने छ । पंक्तिकार विश्वस्त छ आगामि नेपालमा धु्रवीकरणको एउटा केन्द्र वैज्ञानिक समाजवाद हुनेछ र त्यसलाई नेतृत्व प्रदान गर्न कम्युनिष्ट आन्दोलनका आधारभुत सर्तहरु जसले पुरा गर्न सकेका छन्, जनताले जसलाई पत्याउँछन्, जसले आफूलाई सम्हाल्न सकेको छ, जसले मित्र र शत्रु छुट्याएर व्यवहार गर्न जानेको छ, जो सँग विचार र सीपले पोख्त लडाकु युवाहरु छन्, जो जनताबाट रुचाईएको छ, जसले नयाँ सम्भावनाहरुलाई पकड्न सक्छ र जो सँग युगले जन्माएको नेता छ उसैले नेतृत्व गर्ने हो ।

अमेरिकन दलालहरुको खतरनाक सड्यन्त्र चलेको यो समय आफूलाई चिन्नु, सच्याउनु र क्रान्तिकारी एकता, देशभक्ति एकता कायम गर्न भूमिका खेल्नु एउटा सच्चा मान्छेको काम हो । यो बेला देश र जनतालाई माया गर्नेहरु निराश होईन उत्साहित हुने बेला हो । हामीले के गर्दा नयाँ गर्न सकिन्छ ? हाम्रा कामहरु कसरी ट्रान्जिस्टर जस्तो बनाउन सकिन्छ ? हाम्रो व्यवहारहरु कसरी जताततै हलचल ल्याउन सक्ने बनाउन सकिन्छ ? हामीले हाम्रो शक्तिका प्रत्यक ईकाईहरु जोडेर कसरी प्रकाशको गतिमा परिणामहरु निकाल्न सक्छौं ? पुंजिवादको शोषणकारी साम्राज्यको भ्रमबाट जनतालाई कसरी मुक्त गर्ने र पुंजिवादका हरेक ईकाई माथि धावा बोल्ने ? हामिले कसरी उत्पादन गर्ने ? हामीले कसरी कम्युनिष्ट बन्ने र आजको युगको कम्युनिष्ट कस्तो हुने ? यो युगको दीशा बदल्न हामिले हरेक समय यस्ता विविध प्रश्नहरुको जन्म गराउने र समाधान खोज्ने प्रयत्न गरिरहनु पर्छ । पार्टीको नवौं महाधिवेशनका संश्लेषणहरुलाई समृद्ध गर्न त्यसको व्यवहारिक जिवनको गति समात्नै पर्छ । चाहे त्यो जतिसुकै निर्मम किन नहोस्, त्यसले हाम्रो ज्यान नै किन नलिओस् हामीले हाम्रा शंस्लेषणहरुलाई प्रमाणित गर्न जोखिम मोल्नै पर्छ । हाम्रो पार्टी तयार छ,  हाम्रो काँधमा युग प्रर्वतक बन्नु पर्ने जिम्मेवारी छ । हामी सक्छौं जित्न र निर्माण गर्न वैज्ञानिक समाजवाद । त्यसैले आउनुस् हामी मिलेर सम्पन्न गरौं एकिकृत जनक्रान्ति ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार