सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा ज्यान गयो

  नयाँ बुलन्द
161 Shares

सोलुखुम्बु : सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा ज्यान गएको छ ।

सोलु दूधकुण्ड नगरपालिका-३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको मङ्गलवार हिजाे ज्यान गएको हो ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । मगर केही दिनदेखि ब्लड प्रेसरका कारण सामान्य बिरामी रहनुभएका परिवारले जनाएको छ । मगर झन्डै ५ वर्षअघि कोरिया पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार