किन हराउँछन् पर्यटक ?

  निनाम लोवात्ती  82 पटक हेरिएको

निनाम लोवात्ती

आजभोलि नेपालमा पर्वतारोहण, पदयात्रा र जलयात्रा र्याप्mिटङको सिजन चलिरहेको छ । यसै वर्षदेखि नेपालको पर्यटक आगमन दरमा संख्यात्मक बढोत्तरी सुरुa भएको छ । यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको आगमनमा संख्यात्मक वृद्घिसँगै सन् २०२० र २०२१ को तुलनामा ५, ६ गुणा बढी विदेशी पर्यटक नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न गई रहेका छन् । पर्वतारोहणका लागि पनि राम्रै संख्यामा विदेशी पर्वतारोहीहरु आएका थिए, सन् २०२२ मा ।

नेपालमा मुख्यतः चार प्रकारको मौसम रहेको छ । त्यसमध्ये फागुन-चैत-वैसाख र असोज-कात्तिक-मंसिर महिनामा अलि बढी पर्यटकहरु नेपालमा पदयात्रा, जलयात्रा र पर्वतारोहण गर्न आउने गरेका छन् । मंसिर अन्तिमदेखि फागुनको मध्यसम्म बढी नै जाडो हुने हुनाले गर्दा सो समयमा नेपालमा पदयात्रा, जलयात्रा र पर्वतारोहण गर्नका लागि विदेशी पर्यटकहरु खासै आउँदैनन् । त्यस्तै जेठ महिनाको अन्तिमदेखि भदौको मध्यसम्म बढी नै वर्षात् हुने भएकोले सो समयमा पनि नेपालमा पदयात्रा, जलयात्रा र पर्वतारोहण गर्नका लागि विदेशी पर्यटकहरु खासै आउँदैनन् । तर, जेठ महिनाको अन्तिमदेखि भदौ महिनाको मध्यसम्म माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, गोरखाको चुम भ्याली, मनाङको नार, फु ताप्लेजुङको कञ्चनजंघा क्षेत्र, मुगुको रारा, हुम्लाको लिमी आदि उच्च हिमाली भेगमा भने थोरै संख्यामा विदेशी पर्यटकहरु पदयात्रामा जाने गरेका छन् ।

यो लेख नेपाल घुम्न आएर हराएका विदेशी पर्यटकका बारेमा लेखिने हुनाले त्यतैतर्पm लागौं । नेपालमा घुम्न आएर हराएका विदेशी पर्यटकका सम्बन्धमा भन्नु पर्दा २०३७ चैतमा गोरखापत्र दैनिकमा प्रकाशित सूचनासम्म पुग्नुपर्ने हुन्छ । सो वेला गोरखापत्र दैनिकमा प्रकाशित एक सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका पर्यटक जोडीद्यय ओल्फगाग-हेनरिक सोही सालको कात्तिकमा पोखरा-जोमसोम-साल्दाङ-छर्काभोट-दुनै-ढोरपाटन-पोखरा निक्लने गरी गएकोमा ७ महिना बिति सक्दा पनि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा छर्का गाउँमा मृत अवस्थामा भेटिएका थिए । उनीहरुलाई स्थानीय केही व्यक्तिहरुले पैसा र सरसामानको लोभमा हत्या गरेका थिए । अचम्म चाहिँ के थियो भने, तत्कालीन श्री ५ को सरकारले माथिल्लो डोल्पामा विदेशीलाई भ्रमण गर्न वन्देज लगाएको अवस्था थियो । अर्थात् नेपालका केही हिमाली जिल्लाहरु भैmँ डोल्पा पनि विदेशीहरुका लागि प्रतिवन्धित थियो । जबकि ओल्फगाग त त्यसअघि पनि उक्त क्षेत्रको भ्रमणमा गएको भनी ती दुईको लास भेटिएपछि गोरखापत्र दैनिकमै २०३८ वैशाख १८ गते प्रकाशित समाचारमा जनाइएको छ ।

हराएकै पर्यटकको कुरो गर्दा विसं २०६० मा पनि श्रीलंकाली मूलका बेलायती पर्यटक एलेक्स रत्नासोथी जिरी हुँदै खुम्बु जाने क्रममा खरिखोलामा लुटिएपछि अरुण-भ्यालीतर्पm लागेका थिए, लामो समयसम्म उनी सम्पर्कमा नआएपछि उनकी दिदी एना बेलायतबाट नेपाल आई खोजी कार्यमा लागेकी थिइन । तर उनी भेटिए-नभेटिएको बारेमा कतै समाचार छापिएन । उता राजधानी काठमाण्डौको मुटुमै रहेको रानीवनमा पनि विसं २०६२ मा फ्रेन्च र जर्मन महिलाद्घय सेलिन र, ग्रुन्ची महिनौसम्म हराएका थिए । फ्रेन्च दूतावासले खोजी गर्दा सेलीको ब्रा र स्वेटर रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यस्तै ग्रुन्चीको खोजीका लागि पनि उनका केटा साथी र बहिनी जर्मनीबाट नेपाल आएका थिए । केही समयपछि जर्मन महिलाको पनि उही हालतमा कंकाल मात्रै भेटिएको थियो । यसरी नेपाल घुम्न आएका विदेशी पर्यटक हराएको कुरो गर्दा विसं २०६४ भदौमा पनि पोखराको ड्याम साइडबाट एक जना जापानीज पर्यटक हराएका थिए । त्यसरी नेपाल घुम्न आएका आप्mना छोरो हराएपछि उनका बुवा जापानबाट आप्mना छोरोको खोजीमा आएका थिए । ती जापानीजले आप्mनो छोरोको सास वा लासको लागि एक लाख पुरस्कार दिने घोषणा पनि गरेका थिए । तर, ती हराएका जापानीज पर्यटक भेटिए-नभेटिएको अत्तोपत्तो भएन । अर्थात् त्यसपछि हराएका जापानीज पर्यटकबारे कुनै समाचार प्रकाशित भएन ।

त्यसैले त नेपाल घुम्न आउने विदेशी पर्यटकहरु थर्ड-क्लसका अथवा ‘ब्याग-प्याकर’ नै भए तापनि, ‘मक्खि-चुस’ नै (चल्तीको भाषामा झोले पर्यटक) भए तापनि उनीहरुको व्यक्तिगत सुरक्षाका लागि पनि ‘एक पर्यटक, एक नेपाली’को नीति लागू गर्नुपर्ने देखिन्छ । यसो किन गर्ने ? किनकि नेपालको भूगोल पर्यटकका लागि अनुकूल नभएर प्रतिकूल नै छ । त्यसैले उनीहरुले अलिकति बढी खर्च गर्दा सुरक्षित हुन्छन् भने थोरै खर्च बढाउन किन कन्जुस्याईँ गर्ने ? यसो गर्दा पदयात्रा गाईडहरु जो दक्षता हासिल गरेर पनि बेरोजगार भएर बसेका छन्, उनीहरुले रोजगारी पाउने कुरो पनि जोडिएको छ । भनिन्छ, भुटान र चीनले बिना गाईड विदेशी पर्यटक हिँड्न पाउने नीति-नियम सफलता पूर्वक लागू गरेका छन् । उता सन् २०१२ को अक्टोबर सिजनमा अन्नपूणर् क्षेत्रको तिलिचो हिमाल गएका इरानी पर्यटक डाक्टर वाहिद बाहेलो पनि हराएर । सो सिजनमा उनको लास नभए पनि कपडा, जुत्ता अथवा कुनै पनि चिन्ह भेट्टाउने वा देख्नेले खबर गरेमा ३,००० (तीनहजार) अमेरिकी डलर पुरस्कार दिने भन्दै उनकी श्रीमती साजिदा हमार्दीले म्याग्दीभन्दा माथिको क्षेत्रमा ठाउंँठाउँंमा आप्mनो श्रीमानको फोटासहितको पर्चा बांँड्दै/टाँस्दै हिँडेकी थिइन । तर, त्यसरी खोजी कार्यका लागि लागीपरेकी साजिदा हमार्दीले अन्तमा रित्तो हात नै पर्किनु परेको थियो । त्यस्तै सन् २०१६ को नोभेम्बरमा लाङटाङ क्षेत्रमा घुम्न गएका दुई विदेशी (एक कोरियन र एक डच-नेदरल्यान्डका) पर्यटक पनि हराएका थिए । उनीहरु पनि भेटिएको, नभेटिएको अत्तोपत्तो भएन । कारण उनीहरु हराएको समाचार आए पनि भेटिए, नभेटिएको समाचार आएन । उता सन् सन् २०१७ मा पनि रुवी भ्याली (गणेश हिमाल क्षेत्र) मा आपूm खुसी (गाइड वा भरिया नलगी) घुम्न गएका दुई जना ताइवानी जोडीमध्ये एक जना (महिला) बाटोमा चिप्लिएर खसेपछि संभवतः धेरै दिनको भोक र तिर्खाले मरे भने पुरुषलाई लगभग एक महिनापछि मर्नु न बाँच्नुको हालतमा उद्धार गरिएको थियो ।

पछिल्लो पटक (साउन १४, २०७९) मा गोरखापत्र दैनिकमा आएको एक समाचारअनुसार सोलुखुम्बुको नाम्चेभन्दा माथि विदेशी पर्यटक एक्लै जान नपाउने भनी जिल्ला प्रहरी कार्यलयले कडाई गरेको छ । तर, नेपाल सरकारले केन्द्रीय तहबाट गरेको कडाई वा निर्देशन नभएकोले गर्दा विदेशी पर्यटकले सो निर्देशन मान्नै पर्छ भन्ने छैन, मानेनन् पनि । त्यसैले अहिलेको चल्दै गरेको सिजनमा आपूm खुसी जत्ति पनि विदेशी पर्यटकहरु खुम्बु क्षेत्रमा पदयात्रा गर्न गई रहेका छन्, पदयात्रा गर्न गए । त्यसैले नेपाल सरकारले नै ‘एक पर्यटक, एक नेपाली’को नीति लागू गरेदेखि विदेशी पर्यटक सुरिक्षत हुन्थे । त्यस्तै तालिम लिएर र, दक्षयता भएर पनि ‘डुकुलन्ठ्याङ !’ भएर बस्नु परेका नेपाली ट्रेकिङ गाईडहरुले (अथवा भरिया नै सही) रोजगारी पाउने ग्यारेन्टी पनि गर्न सकिन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार