वसन्त ऋतुमा भन्दा शरद ऋतुमा धेरै हिमाल आरोही !

  निनाम लोवात्ती
112 Shares

निनाम लोवात्ती

हो, यो वर्ष नेपालका हिमाल आरोहणको तथ्यांक हेर्दा सन् २०२२ (विसं २०७८/०७९ ) को वसन्त ऋतुमा भन्दा शरद ऋतुमा धेरै पर्वतारहेी आएको देखिनछ । अर्को भनेको नेपालको पर्वतारोहण क्षेत्रमा अरु वर्षको तथ्य-तथ्यांक भन्दा यो वर्षको तथ्य-तथ्यांक केही फरक आएको देखिन्छ ।

जस्तो कि, गत असोज महिनाको २८ गतेको डेट लाईनमा नेपालबाट प्रकाशित हुने दैनिक पत्रपत्रिका (प्रिन्ट संस्करण) र नेपालका अनलाईन न्युजपोर्टलहरु,टेलिभिजनहरु, एफएम रेडियोहरु, ब्लग आदिमा राष्ट्रिय समाचार समिति (रासस) लाई उद्घृत गर्दै छापेको, प्रशारण गरेको समाचारहरमा जनाईएअनुसार सन् २०२२ (यो वर्ष) को शरद ऋतुमा ३४ वटा, पछिल्लो पटक ४१ भन्ने समाचार आएको छ । जे भए तापनि यी हिमाल आरोहणका लागि ६८, हालै ७७ वटा देश भनी अप डेट भएको छ, देशका ९०८ जना कुनैले ९०८ भनी लेखेका थिए, पहिले, पछिल्लो अपडेटअनुसार १२ सय ३८ जना पर्वतारोही नेपालका विभिन्न हिमाल आरोहणका लागि आएका छन् । स्मरणीय छ, सरकारले हालसम्म नेपालका ४१४ वटा हिमाल पर्वतारोहणका लागि खुलाएको छ । त्यसो भए तापनि बल्लैले ात्रै नेपालका १ सय वा त्यो भन्दा बढी हिमाल पर्वतारोहीहरुले आरोहण गरेको तथ्यांक भेटिन्छ । जे होस्, यो वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न विभिन्न देशका पर्वतारोहीहरु आउने क्रम अब चाहिँ बन्द भएको छ ।

यसरी तथ्यांक हेर्दा यो वर्षको शरद ऋतुमा गएको वसन्त ऋतु (सन् २०२२ ) को सिजनभन्दा लगभग ३ सय बढी पर्वतारोहीहरुले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको देखिन्छ । जस्तो गत वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण गर्नका लागि विभिन्न देशका ८९९ जना पर्वतारोहीहरु नेपाल आएका थिए । उनीहरुले गत वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल चढ्नका लागि अनुमति लिएवापत नेपाल सरकारलाई ४६ करोड ७५ लाख सात हजार सलामी दस्तुरवापत (राजस्व) मात्रै तिरेका थिए । तर, अचम्म के भने, यो वर्षको शरद ऋतुमा चाहिँ १२ सय ३८ जना विदेशी तथा स्वदेशी पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । त्यसो भए तापनि हिमाल आरोहणबाट हुने सरकारी कमाई अर्थात् राजस्व चाहिँ लगभग सात गुण कम भएको छ । यसरी सलामी दस्तुरको आधारमा भन्ने हो भने वसन्त ऋतुमा शरद र्ऋतुमा भन्दा कम्तिमा पनि ४/५ गुणादेखि लिएर १३/१४ गुणसम्म बढी आमदानी हुन्छ, नेपाल सरकारलाई ।

हो, अब प्रश्न उठ्छ, शरद ऋतु र वसन्त ऋतुमा पर्वतारोहण क्षेत्रबाट सरकारले गर्ने कामइमा किन यति धेरै फरक हुन्छ ? यसको मुख्य कारण हो, विश्वकै अग्लो सगरमाथा हिमाल लगायत धेरै सलामी दस्तुर उठ्ने नेपालका हिमाल आरोहण गर्नका लागि विदेशी पर्वतारोहीका लागि शरद ऋतुभन्दा वसन्त ऋतु उत्तम समय मानिन्छ । त्यसैले गर्दा पनि धेरै जसो विदेशी पर्वतारोही नेपाल रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि वसन्त ऋतुमै आउने गरेका छन् । हुन पनि विगतका तथ्यांकहरु हेर्ने हो भने, कतिपय वर्षको शरद ऋतुको तथयांक हेर्ने हो भने, विश्वकै अग्लो सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरि, चोओ यु, अन्नपूणर् लगायत आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका लागि एउटै टोली पनि नआएको तथ्यांक पनि रहेको देखन्छ । अझ विश्वको अग्लो हिमाल सगरमाथा हिमाल आरोहणका लागि त शरद ऋतुमा लगातार ८, ९, १०, ११, १२, १३,…वर्षसम्म एक टोली पर्वतारोही पनि नआएको तथ्यांक रहेको देखिन्छ ।

साथै शरद ऋतुमा हिमाल आरोहणबाट सरकारी कमाई कम हुनुको अर्को महत्वपूणर् कारण भनेको चिसो मौसम पनि हो । त्यसै कारणले गर्दा पनि हुन सक्छ, वसन्त ऋतुमा नै सगरमाथा आरोहणका लागि धेरै विदेशी पर्वतारोहरु आउने गरेका छन् । त्यसो हुनाले नेपाल सरकारले हिमाल आरोहणबाट गर्ने कमाईै पनि वसन्त ऋतुमा नै धेरै हुने गरेका देखिन्छ । अर्को भनेको नेपालका आठ हजार मिटरभन्दा माथिका अन्य हिमाल आरोहणका लागि एक व्यक्तिले २५ सय अमेरिकी डलर तिरे पुग्छ । त्यस्तै आठ हजार मिटर भन्दा कम र सात हजार मिटरसम्मको हिमाल चढ्ने पर्वतारोहीले प्रति व्यक्ति २ हजार अमेरिकी डलर सलामी दस्तुर तिरे पुग्छ । त्यस्तै छ हजार मिटरदेखि सात हजार मिटरसम्म उचाई भएका हिमाल (आमा डाब्लाम हिमालबाहेक) चढ्नका लागि एक जना पर्वतारोहीलाई एक हजार अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था गरेको छ, सरकारले । जे भए तापनि यो वर्षको शरद ऋतुमा समग्रमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरुले नेपाल सरकारलाई सलामी दस्तुरवापत सात करोड १० लाख ३१ हजार ६ सय ४७ रुपैँया बुझाए । जबकि, गएको वसन्त ऋतुमा विदेशी तथा स्वदेशी पर्वतारोहीहरुले नेपालका विभिन्न हिमाल चढ्नका लागि अनुमति लिएवापत सरकारलाई ४६ करोड ७५ लाख सात हजार सलामी दस्तुरवापत तिरेका थिए । यो तथ्यांक हेर्दा गएको वसन्त ऋतुमा भन्दा लगभग साढे ६ गुणा कम कमाई भएको छ, नेपाल सरकारलाई । तर, नेपाली हिमाल आरोहण गर्न आएका विभिन्न देशका पर्वतारोहीहरुको संख्यामा चाहिँ गएको वसन्त ऋतुमा भन्दा हाल चालु रहेको (सकिनै आँटेको) शरद ऋतुमा झण्डै एक चौथाईले बढोत्तरी भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार