नेपालका उत्पीडितहरुः सस्तो ‘मनोरञ्जन’ भन्दा पनि सस्तो !

  निनाम लोवात्ती
119 Shares

पंक्तिकारले थाहा पाएअनुसार विश्वव्यापी रुपमा मिडिया सम्बन्धी बनेको स्लोगन हो ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ तर आजका दिनमा आई पुग्दा हाम्रो देशको मिडिया मात्रै नभएर विश्वका विकशित, विकासोन्मुख र अल्प विकशित देशका मिडियाहरु पनि सायद कमै मात्रै मिडियाप्रति बनेको ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ भन्ने स्लोगन वा मिडियाको मर्मअनुसार चलेका होलान् ?

त्यसो त नेपालका ठूला प्रकाशन तथा प्रशारण गृहहरु, तुलनात्मक रुपमा हेर्दा जसका केही हदसम्म बढी नै विज्ञापनदाता, समर्थक, पाठक, दर्शक, स्रोता छन्, ती दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका त्यस्तै टेलिभिजन, एफएम रेडियो र, अनलाइन न्युज पोर्टल एवम् ब्लग लगायत मिडियाले विगतदेखि नै राज्य वा राज्य पक्षले नीति, नियम, ऐन, कानुनमा व्यवस्था गरेरै उत्पीडनमा पारिएका वा परेका जातजाति, भाषाभाषी, अल्पसंख्यक, धार्मिक रुपमा कम जनसंख्या भएका धार्मिक अल्पसंख्यक, गरिब वर्ग, मजदुर वर्ग, खेती-किसानी गरेर खाने समूहको पीर-मर्का, उनीहरुका दैनिक जीवनका चासो र आवश्क्तता के हुन् ? भन्नेतर्पm ध्यानै दिँदैनन् । चासो र ध्यान नदिने मात्रै होइन कि, विगतदेखि राज्य वा राज्य पक्षले नीति, नियम, ऐन, कानुनमा व्यवस्था गरेरै र, कतिपय अवस्थामा त व्यवहारिक रुपमै उत्पीडनमा पारिएका अथवा परेका जातजाति, भाषाभाषी, अल्पसंख्यक, धार्मिक रुपमा कम जनसंख्या भएका धार्मिक अल्पसंख्यक, गरिब वर्ग, मजदुर वर्ग, खेती-किसानी गर्ने समूहहरुका चासो, उनीहरुका दैनिक जीवनमा आईपर्ने समस्या, पीर-मर्काप्रति साह्रै अनुदारवादी रुख र रुझान राख्छन् भन्ने उत्पीडित पक्षका बुद्धिजीवीहरुको भनाइ रहेको छ ।

बरु नेपाली मिडियाका लागि सस्तो मनोरञ्जन र भद्या राजनीति, राजनीतिक विषय, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु समाचार योग्य हुन्छन् । त्यसैले गर्दा त्यस्ता समाचारले नेपालबाट प्रकाशित हुने पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो, अनलाइन न्युज पोर्टल, ब्लग आदिमा यथेस्ठ स्थान पाउने गरेका छन् । त्यस्तै विदेशी हिरो, हिरोइन वा कलाकारमध्ये कुन कलाकारले जीवनभरि कति जनासँग विवाह गर्यो, कति जनासँग सम्बन्ध विच्छेद गर्यो, कति जनासँग पुनः विवाह गर्यो, कुन हिरोइनले जीवनमा कति जनासँग यौन सम्पर्क गर्यो ? कुन हिरोइनले निवस्त्र भएर होटेलको बार्दलीमा बसेर घाम तापन् ि! सो कुरो पत्रकारहरुले थाहा पाएर कति हजार डलर खर्च गरेर सो दृश्य खिच्न हेलिकप्टर लिएर आए ? कुन हिरोइनले एक पटकमा कति मिनेटम्म वा कति घण्टासम्म लगातार यौन सम्पर्क गरिरहन सक्यो ??? भन्ने खालका वाहियात लाग्ने विषय चाहिँ महत्वपूणर् समाचार बन्ने गर्छ/गथ्र्यो ।

नेपाली पत्रपत्रिकालाई त्यो भन्दा बढी समाचार दिनुपर्ने वाध्यता आई लागेमा वन्य-जन्तु, चरा-चुरुङ्गी, घरपालुवा जनावरहरु जस्तै मुसो, बिराला, सर्प, माछा, गाई, गोरु, राँगो, भैसी, बाख्री, हात्ती, गैंडा, बाघ, चितुवा, गोही, भ्यागुता, छेपारो, गिद्ध, चील, डाँफे, काग, स्याल प्mयाउरो, मृग, नाउर, नील गाई, गौरी गाई, हिऊँ चितुवा, थार, घोरल, झारल आदिबारे थोरै महत्व दिएर समाचार दिने गरेका छन् । तर, आदिवासी जनजाति, भाषाभाषी, श्रमिक, किसान, उत्पीडित वर्ग, महिला, मधेसी, धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी, पिछडिएको क्षेत्र आदिप्रति समाचार दिनैपर्ने वाध्यता आई परेमा ‘फिलर न्युज’का रुपमा यसो कुनाकानीमा-पृष्ठ नभरी नहुने अवस्थामा मात्रै राख्ने गरिन्छ । तर, सस्तो मनोरञ्जन एवम् भद्या राजनीतिका लागि चाहिँ प्रायः सबै खाले दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो, अनलाइन न्युज पोर्टल, ब्लग लगायत मिडियाले अलग्गै पृष्ठ वा भनौं स्थान छुट्याउने गरेका छन् । सस्तो मनोञ्जन र भद्या राजनीतिक कार्यक्रम प्रशारण तथा सञ्चालन गर्न एफएम रेडियो र टेलिभिजनले पनि अलग्गै समय छुट्याएका छन् ।

मिडियामा चासो राख्ने जो कोहीलाई थाहा भएको कुरो हो कि, नेपालबाट प्रकाशित हुने हरेक दैनिक, तथा साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिकाले सस्तो मनोञ्जनका लागि अलग्गै एक पृष्ठ वा आधा पृष्ठ छुट्याउने गरेको छ । कुनै दैनिकले ‘कला/साहित्य’ भनेर अलग्गै पृष्ठ छुट्याएका छन् । कुनै दैनिकले ‘ब्लो-अप’ भनेर अलग्गै पृष्ठ छुट्याएका छन् । कुनै दैनिकले ‘वाटिका’ भनी अलग्गै पृष्ठ छुट्याएका छन् । कुनै दैनिकले ‘कला-साहित्य’ भनेर पृष्ठ छुट्याएका छन् । कुनै दैनिकले ‘कला’ भनेर पनि अलग्गै पृष्ठ छुट्याएका छन् । कुनै दैनिकले ‘रमाईलो’ भनेर अलग्गै पृष्ठ छुट्याएका छन् । कुनै दैनिकले ‘खुला पृष्ठ’ भनेर छुट्याएका छन् । कुनै दैनिकले ‘मनोरञ्जन’ भनेर अलग्गै पृष्ठ छुट्याएका छन् । कुनै दैनिकले ‘पेज थ्री’ भनेर अलग्गै पृष्ठ छुट्याएका छन् । कुनै दैनिकले ‘ग्लामर्स’ भनेर पृष्ठ छुट्याएका छन् । कुनैले दैनिकले ‘अन्तिम पृष्ठ’ भनेर अलग्गै पृष्ठ छुट्याएका छन् । कुनै दैनिकले ‘मध्य पृष्ठ’ भनेर अलग्गै पृष्ठ छुट्याएका छन् । कुनै दैनिकले…भनेर अलग्गै पृष्ठ छुट्याएका छन् । यसरी हेर्ने हो भने, विगतदेखि नै सस्तो मनोरञ्जन चाहिँ सबै पत्रपत्रिकाका लागि महत्वपूणर् विषय हुने गरेको देखिन्छ ।

तर, आजको भनिएको २१ औं शताब्दी लागेको जमाना, लोकतन्त्र र गणतन्त्र आएको जामानामा पनि नेपालबाट प्रकाशित हुने दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिकाका लागि नेपालका ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएका समूह’ आदि उत्पीडित वर्गका लागि अलग्गै एक पेज वा आधा पेज छुट्याउने दिन आई पुगेको छैन । हेरौं, नेपाली मिडियामा कार्यरत अनुदारवादी पत्रकार कामरेडहरुका लागि नेपालका ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, अल्प संख्यक, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएका समूह’ आदि भनेको ‘सस्तो मनोरञ्नभन्दा त कता हो कता महहत्वपूणर् रहेछन् !’ भनी बुभ्mने र उनीहका लागि पनि अलग्गै दुई पेज, डेढ पेज वा एक पेज अथवा आधा पेज भए पनि छुट्याउने दिन आउला कि ???

हालसम्मको अवस्था हेर्दा नेपाली मिडियाका लागि आदिवासी जनजाति, भाषाभाषी, श्रमिक, किसान, उत्पीडित वर्ग, महिला, मधेसी, धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी, पिछडिएको क्षेत्र भनेको फगत सस्तो मनोरञ्जन जत्ति पनि भएन !?, यसो हुनुमा नेपालका अधिकांश ठूला प्रकाशन गृह र धेरै पाठक, दर्शक र स्रोता भएका मिडियामा कार्यरत प्रधानसम्पादक, सम्पादक, सहसम्पादक, समाचार प्रमुख, लेख रचना प्रमुख, ब्युरो प्रमुख, बिट प्रमुख, कपी पेस्ट हेर्ने, टाईप गर्ने, प्रुफ हेर्नेदेखि (एकपटक यो लेखको लेखकको लेख टाईप गर्ने टाईपिस्टले कुनै हालतमा पनि यो लेख छाप्नु हुँदैन, यदि तपाईहरुले यो लेख छाप्ने हो भने, म जागिर नै छोड्छु ! भनेर हटाउन लगाईन रे । जुन पत्रिका ठीक-ठीकै बिक्ने दैनिक हो । अर्को पटक फेरि अर्ध सरकारी दैनिकका प्रुफ रिडरले पनि मेरो लेख हटाउन लगाएछन् । सो कुरो मैले पछि लेख रचना हेर्ने प्रमुखबाट थाहा पाएको थिएँ । नेपालमा ठूलादेखि लिएर स-साना पदमा रहेका मान्छले पनि आप्mनो शक्तिको प्रयोग मजाले गर्न सक्छन्, यदि ऊ ठाउँमा छ भने माथिको घटनाले बताउँछ ।) लिएर मोफसलका समाचारदाता, सम्वाददाता, स्ट्रिन्जरहरु पनि आदिवासी जनजाति, भाषाभाषी, श्रमिक, किसान, उत्पीडित वर्ग, सीमान्तकृत, महिला, मधेसी, धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी, पिछडिएको क्षेत्र आदिप्रति साह्रै अनुदारवादी रुझान राख्ने मानिसहरु नियुक्त भएका हुन्छन् ।

अर्को भनेको त्यसरी नियुक्त हुनेहरुमा नेपालका आदिवासी जनजाति, भाषाभाषी, श्रमिक, किसान, सीमान्तकृत वर्ग, उत्पीडित वर्ग, महिला, मधेसी, धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी, पिछडिएको क्षेत्र आदिका बारेमा उठाउनुपर्ने विषय वस्तुबारे ज्ञान नै हुँदैन । खासमा यसो सरसर्ती हेर्दाखेरि नेपालका अधिकांश ठूला अनि धेरै पाठक, दर्शक र स्रोता भएका मिडिया र कार्यरत प्रधानसम्पादक, सम्पादक, समाचार प्रमुख, लेख रचना प्रमुख, ब्युरो प्रमुखदेखि लिएर समाचार पठाउने स्थानीय सम्वाददाता, समाचारदाता आदि पनि नेपालका आदिवासी जनजाति, श्रमिक, उत्पीडित वर्ग, महिला, मधेसी, धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी, पिछडिएको क्षेत्रप्रति अनुदारवादी विचार राख्नेहरु अत्यधिक बहुमतमा रहेका छन् । त्यही कारणले गर्दा उनीहरुका आदिवासी जनजाति, भाषाभाषी, श्रमिक, किसान, उत्पीडित वर्ग, महिला, मधेसी, धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी, पिछडिएको क्षेत्र आदिभन्दा सस्तो मनोञ्जन महत्वपूणर् रहेको छ ।

त्यसैले त होला, नेपालका अधिकांश ठूला र धेरै पाठक, दर्शक र स्रोता भएका मिडिया र त्यहाँ कार्यरत प्रधानसम्पादक, सम्पादक, समाचार प्रमुख, लेख रचना प्रमुख, ब्युरो प्रमुखदेखि लिएर समाचार पठाउने स्थानीय सम्वाददाता, समाचारदाता आदिले मात्रै होइन, एक हजारप्रति पनि नछापिने, पाँच सय (वटा) प्रति पनि नबिक्ने पत्रपत्रिका, एकसय जना स्रोताले पनि नसुन्ने एफएम रेडियो, एकसय जना दर्शकले पनि नहेर्ने टेलिभिजन र एकसय जना पाठक वा भनौं जिज्ञासुले अपलोड नगर्ने-नहेर्ने अनलाइन न्युज पोर्टलले समेत ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, किसान, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएका समूह’ आदिबारे समाचार छाप्ने, प्रशारण गर्ने, देखाउने र अपलोड गर्ने कष्ट गर्दैनन् । तर, पनि कहिलेकाही नेपालका अधिकांश ठूला मिडिया हाउसबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाले ‘फिलर न्युज’ (पाना भर्नैपर्ने अवस्थामा कम महत्वका रुपमा छाप्ने समाचार) का रुपमा कुनाकनीमा ‘आदिवासी जनजाति, महिला, मधेसी, किसान, दलित, भाषाभाषी, अल्पसंख्यक, धार्मिक समूह, सीमान्तकृत, तेस्रोलिंगी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएका समूह’ आदिको समाचार पनि राख्ने/छाप्ने गर्छन् ।

त्यसैले अबका दिनमा नेपाल सरकारको मातहतमा रहेको सूचना विभाग, नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ र राजनीतिक दलपिच्छेका पत्रकार संघ-संगठनहरु जस्तै पे्रस युनियन, समाजवादी प्रेस संघ, क्रान्तिकारी पे्रस संगठन, संघीय समाजवादी प्रेस संगठन, प्रेस सेन्टर, संघीय प्रेस संघ, आदिवासी जनजाति पत्रकार महासंघ, आदिले आपूm आवद्ध रहेको राजनीतिक दल र संघ-संगठनमा ‘आदिवासी जनजाति, भाषाभाषी, श्रमिक, किसान, उत्पीडित वर्ग, महिला, मधेसी, धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी, पिछडिएको क्षेत्र’मा उठेको वा उठ्ने विषयलाई ‘सस्तो मनोरञ्जन’भन्दा केही महँगो बनाऊँ ! अर्थात् ‘आदिवासी जनजाति, भाषाभाषी, श्रमिक, किसान, उत्पीडित वर्ग, महिला, मधेसी, धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी, पिछडिएको क्षेत्र’लाई समेट्नका लागि अलग्गै दुई पेज, डेढ पेज वा एक पेज अथवा आधा पेज भए पनि छुट्याऊँ भनी लबिङ गर्ने-पहल गर्नेतर्पm सोच्ने हो कि ???

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार