द्वितिया मेला अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि याङवरकलाई

पाँचथर: फाल्गुनन्द गाउँपालिका स्थित वसाँगुमा सम्पन्न भएको द्वितिया मेला अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि याङवरक गाउँपालिकले हात पारेको छ ।  शुभ-दिपावलीको अवसरमा सम्पन्न भएको भलिवल प्रतियोगितामा फालेलुङ गाउँपालिकालाई हराउँदै याङवरकले उपाधि हात पारेको हो । याङवरकले फालेलुङ गाउँपालिकालाई २५–२१, ३३–३१ र २५–१८ को अन्तरले पाखा लगाउँदै उपाधि चुम्न सफल भएको छ । ।
याङवरकले सेमिफाइनलमा इलाम नगरपालिकालाई २५–१४, २५–२१ र २५–२० को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा पक्का गरेका थियो । त्यस्तै फालेलुङले पनि फाल्गुनन्द गाउँपालिकालाई २५–१७, २५–१७, २५–१६ र २८–२६ ले पाखा लगाउँदै फाइनलमा याङवरकसँगको भेट पक्का गरेको थियो।

प्रतियोगिताको विजेता याङवरकले नगद ७५ हजार ५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो भने, उप-विजेतामा चित्त बुझाएको फालेलुङले नगद ४५ हजार ५ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण-पत्र हात पारेको त्रिबेणी युवा क्लब नेपालका अध्यक्ष यामराज आङ्देम्बेले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैबीच द्धितिया मेलाकै अवसरमा साँगितिक साँझ कार्यक्रममा राष्ट्रिय कलाकारहरुले प्रस्तुती राखेका थिए । पहिलो पटक राष्ट्रिय कलाकार मिलन नेवार, राजु आङदेम्बे, बिकाश लिम्बू,असोक मुकारुङ त्यस्तै एकान्त आङदेम्बे, सुजन आङदेम्बे र स्थानीय कलाकारले मनोरञ्जन प्रदान गरेको साँस्कृतिक कार्यक्रम संयोजक निरज पोर्तेलले जनाए  । उक्त साँगितिक कार्यक्रम हेर्न दर्शको भिड उर्लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार