लिम्बू कथानक चलचित्र ‘लोजिमा’ को छायांकन हुँदै

पाँचथरः लिम्बू कथानक चलचित्र ‘लोजिमा’ को धमाधम छायांकन भइरहेको छ ।

गत कात्तिक ३ गतेबाट सुरु भएको यस चलचित्र भारतको सिक्किमस्थित सोमबारे, दाराम्देन,थर्पु,छायाँताल,बर्मेक, स्काइपार्क पेलिङ,बुद्धपार्क राभालाङ,जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा सुटिङ  भइरहेको छ ।

सागर सुब्बाको निर्देशनमा निर्माण हुँदै गरेको लिम्बु संस्कार संस्कृति तथा प्रेम कथामा आधारित चलचित्र सागर केरुङ्ले लेखेका हुन् । पाथीभरा च्यानलको ब्यानरमा निर्मित चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, नृत्य निर्देशक सुस्मा योन्जन, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, शब्द/संगीत आशाहाङ आङ्बोको रहेको छ भने मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ ।

चलचित्र लोजिमा निकै राम्रो बन्नेमा निर्माता आङ्बो उत्साहित देखिन्छ । यस अघि निर्देशक सुब्बाले नेपाली चलचित्र निष्ठुरी मायालु र शेर्पा चलचित्र कुसुम निर्देशन गरेकाछन्। लेखक केरुङ्को लोजिमा १३औँ स्कृप्ट हो । केरुङ्ले यसअघि लिम्बुहरुको सबैभन्दा धेरै अवार्ड पाउन सफल चलचित्र के लेखन/निर्देशन गरेका छन् भने साम, हेल्लुक्वा, रित, नाहेन, थिम, थेत्लङ,पुङ्साम, तुम्याहाङ, अम्लारीफुङ लगायत दर्जनौं चलचित्र लेखेका छन् । निर्माण प्राबिधिक टिम समेत राम्रो भएकोले निर्देशक सुब्बा समेत लोजिमा उत्कृष्ट बन्नेमा विस्वस्त छन् ।

आगामी कात्तिक भरिमा छायांकन सम्पन्न गर्न लागिएको चलचित्रमा आशाहाङ आङ्बो, बिमला खजुम, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साराहाङमा पन्धाक, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू,चन्द्रकला सांवा लगायत रहेकाछन । चलचित्र लोजिमा आगामी कक्फेवा तङ्नाम माघेसंक्रान्तिसम्ममा प्रदर्शन हुने निर्देशक सुब्बाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार