दिपावलीको अवसरमा वसाँगुमा भव्य साँगितिक कार्यक्रम र भलिवल प्रतियोगिता हुँदै

  युद्धबहादुर बोहोरा  355 पटक हेरिएको

फाइल तस्वीर

पाँचथरः फाल्गुनन्द वडा नम्बर ६ र ७ आङसराङस्थित वसाँगु बजारमा भव्य साँगितिक कार्यक्रम र भलिवल प्रतियोगिता हुने भएको छ ।

फाइल तस्वीर

शुभदिपावली एवं वलिहाङ तङ्नाम २०७९ का अवसरमा विगतदेखि लाग्दै आइरहेको द्वितिय मेलासंगै राष्ट्रिय तथा स्थानीय गायककारको उपस्थितिमा बृहत साँगितिक साँझ तथा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष यमराज आङ्देम्वेले जानकारी दिए ।

“संस्कृति र पर्यटन प्रबर्द्धन,स्थानीय कलालाई प्रोत्साहन” भन्ने उदेश्यले द्वितिया मेला भलिबल प्रतियोगिताको उद्घाटन २०७९ कार्तिक १० गते केसामी केलाङ सयङको सहकार्यमा केलाङ प्रदर्शन र विविध कार्यक्रम सहित गरिने जनाइएको छ भने कार्तिक ११ गते अपरान्ह ४:०० बजेदेखि साँगितिक कार्यक्रम संचालन हुने क्लबका सचिव बसन्त आङ्देम्बे बताए ।

कार्यक्रममा मिलन नेवार,राजु आङदेम्वे,अशोक मुकारुङ,बिकास लिम्बु,एकान्त आङदेम्बे,सुजन आङदेम्बे लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार