इलाम: रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत इलामेलीहरुको तथ्यांक संकलन गर्न शुरु गरिएको छ । इलाम जिल्ला घर भइ हाल कोरियामा रहेका इलामेलीहरुको संख्या,स्थिति,अवस्था आदि बारे जानकारी लिन उक्त तथ्याङ्क संकलनको अभियान थालिएको समाजका अध्यक्ष टिका थेगिमले जानकारी दिए ।
देश बाहिर बस्दै गर्दा जिल्ला बासी साथीभाइलाई आइपर्ने अफ्ट्यारो परिस्थितिमा हातेमालो गर्दै हरेक समस्यामा एकजुट हुन र कठिन घडीमा सबैलाई राहत मिलोस् भन्ने उदेश्यका साथ यस कार्यको थालनी गरिएको उनले बताए । कोरियामा रहनु भएका सम्पूर्ण इलामेली दाजुभाई तथा दिदीबहिनीहरुलाई आफ्नो नाम,ठेगाना,सम्पर्क नम्बर जस्ता विवरणहरु उल्लेख गरि तथ्यांक संकलन कार्यमा सहभागी भई सहयोग गरिदिनु हुन संस्थाले अनुरोध गरेको छ ।
मुनिको लिङ्कलाई क्लिक गरेर ओपन भएपछि खाली ठाउँमा आफ्नो विवरण भरि सवमिट गरेमा तथ्याङ् अपलोड हुनेछ । कोरियामा रहेका आफुले चिनेजानेका र यसबारे जानकारी नपाएका इलामेली साथीहरुलाई समेत यो लिङ्क म्यासेन्जर मार्फत सेयर गरेर सहयोग गरिदिन पनि आग्रह गरिएको छ । यो लिङ्क खोल्नुहोस् ।